भोलिसम्म चल्ने महासंघको साधारणभाले आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दैछ। वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वत: अध्यक्ष हुने विधान रहेको महासंघमा यही पदका लागि चर्को प्रतिस्पर्धा छ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने महासंघको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल अध्यक्ष बन्दैछन् भने बाँकी पदमा निर्वाचन हुनेछ। वरिष्ठ उपाध्यक्षमा त्रिपक्षीय प्रतिष्पर्धा निश्चितजस्तै देखिएको छ।