काठमाडौं- विश्वमै सबैभन्दा चाँडो वृद्धि भईरहेको स्मार्टफोन ब्रान्ड रियलमीले सि सिरिजको लेटेस्ट् मोडल सि–५५ चाँडै नै नेपाली बजारमा उपलब्ध गराउने भएको छ।
६४ एमपिको क्यामरा र ३३ वाटको फास्ट चार्जिङ सहितको यस सि ५५ ले यो सेग्मेन्ट र यो मुल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रुपमा नयाँ बेन्च मार्क खडा गर्ने विश्वास कम्पनीले लिएको छ। त्यस्तै स्लिक डिजाइन र पावरफुल पर्फर्मेन्स जस्ता कटिङ एज फिचरयुक्त यस सि ५५ स्टाइल र फंक्सनालिटी दुवै खोज्ने युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्ने पनि कम्पनीले दावी गरेको छ।
यसमा भएको सबैभन्दा मुख्य फिचर हो यसमा भएको क्यामरा जुन ६४ एमपिको छ। जुन यो भन्दा अगाडिको कुनै पनि ब्रान्डको एन्ट्री लेभल सेग्मेन्टमा थिएन। त्यसैले क्यामराको ममलामा त यसको प्रतिस्पर्धी छैन नै भने पनि हुन्छ। त्यस्तै जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ जसले गर्दा यो युवा उपभोक्ताहरुको पहिलो रोजाइमा पर्न सफल हुने आशा कम्पनीले गरेको छ।
त्यस्तै अर्को मुख्य फिचर भनेको यसको ९० हर्जको फुल एचडी प्लस डिस्प्ले हो जुन बजारमा उपलब्ध यो मूल्यका फोनहरुमा पाइने सबैभन्दा ठूलो डिस्प्ले हो। १२ एनएमको मेडियाटेक हेलियो जि ८८ चिपसेट, २७३,३६४ एन्टुटु बेन्चमार्क स्कोर र एन्ड्रोइड फोनहरुमै सबैभन्दा पहिलो मिनी क्याप्सुल रहेकोले यो सि ५५ आफ्नो प्रतिस्पर्धी मोडलहरु भन्दा धेरै अगाडि छ।
यति धेरै फिचरहरु भएर पनि यसको मोटाइ रहेको छ जम्मा ७।८९ एमएम जुन यो मुल्यमा उपलब्ध अरु फोनहरु मध्य सबैभन्दा स्लिम हो। चार्ज नोटिफिकेसन, डेटा युजेज नोटिफिकेसन र स्टेप नोटिफिकेसन गरी ३ वटा फंक्सनल सिनरियोहरु भएको यसको मिनी क्याप्सुलले प्रयोग कर्ताहरुलाई फ्ल्यागशिप लेभलकै फोन चलाएको महसुस हुन्छ।
स्टोरेजको कुरा गर्नुपर्दा यसमा ८ जिबिको र्याम र १६ जिबिको डाइनामिक र्याम रहेको छ जसले गर्दा ब्याकग्राउन्डमा २० वटा सम्म एपहरु बिना कुनै ल्याग चलाउन सकिन्छ। त्यस्तै सि सिरिजको यो पहिलो मोडल हो जुनमा युआइ ४.० राखिएको छ। यति धेरै आकर्षक फिचरहरु भएको यो फोन सन शावर र रेनी नाइट गरी दुईवटा आकर्षक रंगहरुमा उपलब्ध छ।