मंगलबार, वैशाख १६, २०८२

१६औं दरबारमार्ग सडक महोत्सव २ वैशाखमा

 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- नयाँ वर्ष ०८० को अवसरमा २ वैशाखमा काठमाडौं दरबारमार्गमा एनसेल प्रिजेन्ट्स पर्पल स्याटर्डे : १६औँ दरबारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले एनसेलसँगको महोत्सव आयोजना गर्न लागेको हो।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ।  काठमाडौं उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुतिका साथ महोत्सवको शुभारम्भ शनिबार बिहान साढे ११ बजे हुनेछ। महोत्सवमा कलाकारहरू दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेँलो बत्तीमुनि, त्रिशाला गुरुङ, रोहित शाक्य, सिंक्रोनस, लाहुरे र दी एलिमेन्ट्स आदिको प्रस्तुति हुनेछन्। 

महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू र महिला उद्यमीसहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरू प्रदर्शनीमा रहनेछन्। विभिन्न नेपाली खानाका परिकारहरू र स्वदेशी उत्पादनहरूको विशेष प्रदर्शन–प्रस्तुतिका स्टलहरू, बालबालिकाका लागि छुट्टै किड्स जोन महोत्सवको विशेष आकर्षण हुनेछन्।

महोत्सवको संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सहप्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडिज आइसक्रिम र केएफसी रहेका छन्। 
 

Metro Mart
worldlink

प्रकाशित: Apr 09, 2023| 19:55 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्