मंगलबार, वैशाख १६, २०८२

इसेवा मनी ट्रान्सफरले गर्‍यो क्याम्पसलाई सहयोग

 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- इसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत भोरपुरको भोजपुर बहुमुखी क्याम्पस र लक्ष्मी केयर्सलाई सहयोग हस्तान्तरण गरेको छ।

कम्पनीले डिजिटल साक्षरताका लागि एक कार्यक्रमका बीच शुक्रबार इसेवा मनी ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले संस्थाका अध्यक्ष प्रमेश केसीका साथै महासचिव संकेत कोइरालालाई सीजी ६५ इन्च ४के यूएचजी एन्ड्रोइड टीभी र स्टेसनरी सामान हस्तान्तरण गरेका हुन्। 

यसका साथै कम्पनीले लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालित सामाजिक उत्तरदायित्वको पहलमा लक्ष्मी केएर्सलाई शनिबार आयोजित ‘ओरेन्ज भाइब्स–२०२३’ कार्यक्रममा आर्थिक सहयोग पनि गरेको छ। लक्ष्मी केयर्स ग्रीन इनिसिएटिभ, गर्ल एजुकेसन र फाइनान्सियल लिट्रेसी क्षेत्रमा सक्रिय रहेको छ।

स्थापनाको छोटो समयमै तीव्रगतिमा बजार विस्तार गरिरहेको इसेवा मनी ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ। इसेवा मनी ट्रान्सफरले सेवाग्राहीलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १ लाख १२ हजारभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका १ करोड ६० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।
 

Metro Mart
worldlink

प्रकाशित: Apr 09, 2023| 21:35 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्