काठमाडौं- रियल फ्रुट पावरको उत्पादक तथा बजारकर्ता (मार्केटर) डाबर नेपालले आकर्षक कार्बोनेटेड सफ्ट ड्रिंक सेगमेन्टमा नयाँ कार्बोनेटेड पेय पदार्थ 'रियल फिज्जिन' बजारमा ल्याएको छ।
'रियल फिज्जिन'को एप्पल, मसला कोला र निम्बु गरी तीनवटा उत्कृष्ट स्वादहरू छन्, जुन आकर्षक पेट बोतलहरूमा उपलब्ध छन्। ११.२% फलफूलको जुस भएको रियल एप्पल फिज्जिन १५० एमएल, २५० एमएल र ५०० एमएल बोतलमा क्रमशः रु ३०, रु.५० रु. ८० को आकर्षक मूल्यमा उपलब्ध छ।
यसैगरी जिराको मसलादार स्वाद भएको रियल मसाला कोला फिज्जिनमा १०.५% फलफूलको रस छ। त्यस्तै, रियल निम्बु फिज्जिनमा ५% रिफ्रेसिङ लेमन जुस छ। रियल मसाला कोला र निम्बुको १५० एमएल अन द गो प्याक ३० रुपैयाँमा उपलब्ध छ।