आइतबार, वैशाख २८, २०८२

सेयर बजारमा उच्च अंकको गिरावट

चैत मसान्त नजिकिँदै गर्दा धितोपत्रको दोस्रो बजारमा दबाब देखिएको हो।
 |  आइतबार, चैत २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत २६, २०७९

काठमाडौं- साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से उच्च अंकले घटेको छ। आज नेप्से परिसूचक २८.३१ अंक घटेर १८३८.४८ विन्दुमा झरेको छ।

त्यसैगरी सेन्सेटिभ इण्डेक्स ४.२४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ।

आज २६८ स्टकको २९ हजार २३९ पटकको कारोबारमा १ अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको ३८ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्से घटे पनि कालिञ्चोक दर्शनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको सेयर प्रतिकित्ता ३१ रुपैयाँ १० पैसा बढेर ३४२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी सानिमा ग्रोथ फण्डको इकाई मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। माछापुच्छ्रे बैंकको ऋणपत्रको इकाई मूल्य करिब ८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको ५ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी शिवम् सिमेन्ट्सको पनि ५ करोड ७८ लाख रुपैयाँ बराबरकै सेयर कारोबार भएको छ।

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत घटेको छ। त्यस्तै बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Metro Mart
worldlink

चैत मसान्त नजिकिँदै गर्दा धितोपत्रको दोस्रो बजारमा दबाब देखिएको हो। तेस्रो त्रैमासको अन्त्य नजिकिएसँगै बजारमा लगानीकर्ताहरु ब्याज रकम जोहो गर्न सेयर बिक्री गर्न थालेको देखिएको छ। फलस्वरुप साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेको छ भने कारोबार रकम बढेको छ। अघिल्ला कारोबार दिनहरुमा नेप्से र कारोबार रकम दुवै घटिरहेको अवस्थामा आज भने कारोबार रकम बढेको हो। 
 

प्रकाशित: Apr 09, 2023| 15:32 आइतबार, चैत २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्