कोभिडविरुद्धको बुस्टर डोजका लागि सरकारले ३ लाख ४५ हजार ६०० डोज फाइजरको वाइभ्यालेन्ट खोप भित्र्याएको छ। सोमबार बिहान कतार एयरको उडानबाट सरकाले खोप ल्याएको हो।
यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी गोठगोठमा पुगेर किसानलाई सेवा दिन घोडा चढेर गाउँबस्तीमा पुग्ने गर्छन्। उनले एक लाखमा घोडा किनेका छन्।
अमरगढी–६ छचोडा गाउँमा पुराना जीर्ण खानेपानी योजना हुनु, लामो समयसम्म अकासको पानी नपर्नु तथा मौसम सुख्खा हुनु जस्ता कारणले खानेपानीको अभाव भएको हो। यहाँ दुई सय ५० घरधुरी छन्।
अघिल्लो वर्ष मल्कबाङको दैडाँडामा पुगेर रोकिएको सडकलाई यसवर्ष विस्तार गरी मलम्पार बस्तीमा पुर्याइएको हो। सडक सञ्जालको पहुँच जोडिएपछि स्थानीयवासी हर्षित भएका छन्।