सोमबार, जेठ २७, २०८२

ढुंगा लागेर जाजरकोटमा एक जनाको मृत्यु, एक घाइते

जाजरकोटको नलगाड नगरपालिकाको गेरेनी भिरमा भिरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

जाजरकोट- जाजरकोटको नलगाड नगरपालिकाको गेरेनी भिरमा भिरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ११ चौर घर भएका ३२ वर्षीय अशोक खड्का रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिए। 

टाउकोमा चोट लागेर घाइते भएका खड्काको उपचारका क्रममा स्वास्थय चौकी दल्लीमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ। उनीसँगै बाइकमा सवार बमबहादुर खत्रीको अवस्था भने सामान्य छ।

नलगाड ५ को कालीमाटीबाट खारा गइरहेको भे १० प ६६७२ नम्बरको मोटरसाइकलमा सवार खड्कालाई भिरबाट खसेको ढुंगा लागेको थियो।

प्रकाशित: Feb 13, 2023| 06:39 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।