वीरेन्द्रनगर- आइतबार सुर्खेतको बसपार्क अगाडि बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तले आन्दोलन थालेका छन्। बसको ठक्करबाट जाजरकोटको छेडागाड नगरपालिकाकी ६६ वर्षीय नदी रावतको मृत्यु भएको हो।
उचित क्षतिपूर्ति र सवारी चालकलाई हदैसम्मको कारबाहीको माग राख्दै आफन्तले यरिचोक, बसपार्क अगाडि, मंगलगढी चोक, एयरपोर्ट चोकमा टायर बालेर सडक अवरुद्ध गरेका छन्।
आफन्त आन्दोलनमा उत्रिएपछि सुर्खेत बसपार्कबाट छुट्ने छोटो तथा लामो दूरीका सवारी साधन ठप्प भएका छन्। दुर्घटनामा मृत्यु भएकी रावत हाल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० बामेखोलामा बस्दै आएकी थिइन्।