काठमाडौं– नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १० वर्षसम्म चलेको सशस्त्र हिंसा अर्थात् कथित जनयुद्ध दिवसलाई द्वन्द्वपीडितहरुले कालो दिनको संज्ञा दिँदै विरोध प्रदर्शन गरेका छन्। आइतबारको मन्त्रिपरिषद् बैठकले २८औं जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएकोमा रोष प्रकट गर्दै द्वन्द्वपीडितले खारेजीको माग गरेका हुन्।
द्वन्द्वपीडितले जिल्ला प्रशासन कार्यालय काठमाडौं अगाडि प्रदर्शन गर्दै १ फागुनलाई नेपाल र नेपालीको ‘कालो दिन’ भएको टिप्पणी गरे।
सार्वजनिक बिदा खारेज गर, द्वन्द्वपीडितलाई न्याय देऊ, १ फागुनको कथित जनयुद्ध दिवस नेपाल र नेपालीका लागि कालो दिन लेखिएका ब्यानर तथा प्लेकार्ड बोकेका थिए। द्वन्द्वपीडितले माओवादी नेतृत्व र सरकारप्रति कटाक्षसमेत गरे।
१ फागुन २०५२ बाट सुरु भएको कथित माओवादी सशस्त्र १ फागुन २०५२ बाट सुरु भएको कथित माओवादी सशस्त्र द्वन्द्व ५ मंसिर २०६३ मा विस्तृत शान्ति सम्झौतामा रुपान्तरण भएसँगै टुंगिएको थियो।