सोमबार, जेठ १३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • फागुन लाग्दा पनि मौसमी प्रणाली सक्रिय छैन, कस्तो रहला आजको मौसम?

फागुन लाग्दा पनि मौसमी प्रणाली सक्रिय छैन, कस्तो रहला आजको मौसम?

प्रदेश नम्बर–१ का पहाडी भूभागमा अहिले आंशिक बदली छ। देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- प्रदेश नम्बर–१ का पहाडी भूभागमा अहिले आंशिक बदली छ। देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन। आज देशका पहाडी भू-भागमा मौसम आंशिक बदली रहनेछ। बाँकी भू-भागमा भने सामान्यत: सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बिहान प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा छ। तराईका अधिकांश भू-भागमा  हुस्सु र कुहिरो लागेको छ। यो क्रम मध्यान्न पछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ।

भोलि (मंगलबार) देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहनेछ।

बुधबार दिउँसो प्रदेश १, वाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ।

राति भने प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने महाशाखाले जनाएको छ। 

तराई भू-भागमा लागेको हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: Feb 13, 2023| 07:20 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।