आइतबार, जेठ १२, २०८२

थुलुङ दुधकोशीको एक घरमा आगलागी, एक जना घाइते

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-७ देउसाको एक घरमा आगलागी भएको छ।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

सोलुखुम्बु- सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-७ देउसाको एक घरमा आगलागी भएको छ। सोमबार बिहान ३ बजेतिर निवर्तमान वडाध्यक्ष राम संर्घष किराँतीको घर आगलागी हुँदा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। 

आगलागीबाट किराँतीको ढुंगा र सिमेन्टले बनेको टिनको छानो भएको २ तले घर र भित्र रहेको नगद ६० हजारसहित सबै धनमाल जलेर नष्ट भएको कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राम किशोर शाहले जानकारी दिए। सो घटनामा एक जना घाइते भएका छन्। 

आगो लागेपछि भाग्ने क्रममा सोही घरमा बस्दै आएका युवराज खत्री सामान्य घाइते भएको वडाध्यक्ष भोजराज कार्कीले जानकारी दिए। खत्रीको टाउको र हातखुट्टामा चोट लागेको छ। उनको ग्रामिण स्वास्थ्य चौकी देउसामा उपचार भइरहेको वडाध्यक्ष कार्कीले बताए। विद्युत सर्ट भएर सुरु भएको आगो घर पूर्ण रुपमा जलेर नष्ट भएपछि मात्रै नियन्त्रणमा आएको थियो।

प्रकाशित: Feb 13, 2023| 09:52 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।