काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ फागुनलाई जनयुद्ध दिवस मनाउने निर्णय गरे पनि परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको छ।
भारतीय विदेश सचिव बिनय मोहन क्वात्राको परराष्ट्र मन्त्रालयमा सचिवस्तरीय छलफल तथा परराष्ट्र मन्त्री बिमला राईसँग द्धिपक्षिय भेटघाट यसअघि नै तय भएको भन्दै परराष्ट्र मन्त्रालय भने खुल्ला रहने भएको हो।
भारतीय विदेश सचिव क्वात्रा दुई दिने नेपाल भ्रमणका लागि एअर इन्डियाको फ्लाइटवाट बिहान ११ बजे काठमाडौं ओर्लदै छन्।