ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र रहेका इन्टरनेट सेवा प्रदायक संस्था तथा नेपाल टेलिकमलाई सडक छेउछाउमा राखेका तारलाई व्यवस्थित गर्न अनुरोध गरेको छ।
सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक अपरान्ह १२:३० बजेका लागि बोलाएका हुन्।
भोटेकोसी नदीमा बिहीबार सम्पन्न भएको सातौं र्याफ्टिङ च्याम्पियनसिप र सोही समयमा सञ्चालन गरिएको ११औं कायाक स्ललोम च्याम्पियनसिपमा महिलातर्फ फ्रिडम कायक एण्ड र्याफ्टिङ स्कुल र पुरुषतर्फ ह्वाइट वाटर च्याम्पियन भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन्।
राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज अन्तिम नामावली प्रकाशन हुनेछ। मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविनपछि आज नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ।