मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • र्‍याफ्टिङ र कायाक च्याम्पियनसिपमा फ्रिडम कायक तथा ह्वाइट वाटर च्याम्पियन

र्‍याफ्टिङ र कायाक च्याम्पियनसिपमा फ्रिडम कायक तथा ह्वाइट वाटर च्याम्पियन

भोटेकोसी नदीमा बिहीबार सम्पन्न भएको सातौं र्‍याफ्टिङ च्याम्पियनसिप र सोही समयमा सञ्चालन गरिएको ११औं कायाक स्ललोम च्याम्पियनसिपमा महिलातर्फ फ्रिडम कायक एण्ड र्‍याफ्टिङ स्कुल र पुरुषतर्फ ह्वाइट वाटर च्याम्पियन भएका छन्।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

सिन्धुपाल्चोक- भोटेकोसी नदीमा बिहीबार सम्पन्न भएको सातौं र्‍याफ्टिङ च्याम्पियनसिप र सोही समयमा सञ्चालन गरिएको ११औं कायाक स्ललोम च्याम्पियनसिपमा महिलातर्फ फ्रिडम कायक एण्ड र्‍याफ्टिङ स्कुल र पुरुषतर्फ ह्वाइट वाटर च्याम्पियन भएका छन्।

नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघका कार्यवाहक अध्यक्ष राजिव श्रेष्ठले विजेतालाई पुरस्कार वितरण गरेका थिए। एसियन र्‍याफ्टिङ एन्ड क्यानोनिङ फेडेरेसनका अध्यक्ष सौकत सिकनले प्रतियोगिताका विजेता र उपविजेतालाई अन्तरास्ट्रिय प्रतिस्पर्धामा निमन्त्रणा गरेका छन्।

‘जति पनि जसले पनि काम गरेको छ, राम्रो गरेको छ। आज यतिधेरै टिम आएको थाहा पाउँदा खुसी लाग्यो,’उनले भने, ‘विश्व र्‍याफ्टिङ फेडेरेसनका तर्फबाट मलाई सूचना आएको छ को आउँदो नोभेम्बर वा डिसेम्बर मा यहाँ अन्तर्राष्ट्रिय स्तरको टेस्ट इभेन्ट हुनेछ। यसबारेमा मैले वर्ड्ड र्‍याफ्टिङमा छोटो रिपोर्ट पठाको त्जे। विश्व र्‍याफ्टिङ फेडेरेसन खुसी छ।’

उनले अगाडि थपे, ‘जस्ले जित्छ उसलाई अन्तरास्ट्रिय प्रतिस्पर्धामा ओपन इन्भिटेसन छ । पहिलो र दोस्रो हुने दुई टिम एसियन र विश्व च्याम्पियनसिपमा भाग लिन सक्ने छन्। 

विशेष गरि स्लोलममा गज्जबको प्रतिस्पर्धा भको छ। मेरो तर्फबाट सेप्टेम्बर मा भारतमा एसियन च्याम्पियनसिपमा निमन्त्रणा छ।’

प्रतियोगिता आयोजना क्षेत्रमा प्रतिनिधि सभा संसद माधव सापकोटा सुबोधले सुकुटेले पर्यटन प्रवर्द्धन गरेको बताएका छन्। 

प्रतियोगिता आयोजना क्षेत्रमा प्रतिनिधि सभा संसद माधव सापकोटा सुबोधले सुकुटेले पर्यटन प्रवर्द्धन गरेको बताएका छन्। ‘यसलाई पर्यटन व्यवस्थापन गरेर हब बनाउन चहान्छौ। सुलुटेलाई पोखराजस्तै बनाउँछौ। सुरु सुरुमा नेपालीका लागो अलो थेन। पछि नेपालीलाई सुरु गरेका छौं,’ उनले भने, ‘अहिले यहाँ राष्ट्रिय प्रतियोगिता आयोजना भएको छ। आउने सहभागिता यहाँ गरेमा सहयोग गर्ने प्रतिबद्धता गर्दछौं।’

प्रकाशित: Feb 24, 2023| 07:24 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।