शनिबार, असार १४, २०८२

देउवा निवासमा कांग्रेस शीर्ष नेताको बैठक बस्दै

राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

काठमाडौं- राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दैछ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहान ८ बजे शीर्ष नेताको बैठक बस्न लागेको हो।

कांग्रेस महामन्त्री गगन थापाका अनुसार बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने छ। कांग्रेसमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाला राष्ट्रपतिको बलियो दाबेदारमा रुपमा अगाडि आएका छन्।

राष्ट्रपतिको उम्मेदवार र पुरानो गठबन्धन ब्युँताउने आधारबारे पार्टीभित्र छलफल गरेर सभापति देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गर्ने छन्।  आज विहान १० बजे कांग्रेस, माओवदी, एकीकृत समाजवादी र जसपाबीच छलफल हुने छ।

प्रकाशित: Feb 24, 2023| 07:40 शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...