काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन्। उनीहरूबीच राष्ट्रपतिका विषयमा छलफल हुने बताइएको छ।
बिहान कांग्रेस सभापति देउवा र दिउँसो एमालेका अध्यक्ष ओलीसँग छलफल गर्ने तयारी प्रचण्डको छ।
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास जारी रहेको र यसकै लागि प्रचण्डले देउवा र ओलीसँग छलफल गर्ने प्रचण्डको सचिवालयले जनाएको छ।