वडाले उत्तरधारा जलाशय निर्माण गरिसकेकाले त्यस आसपासको २० बिघा जग्गा लिजमा लिएर किसानलाई उत्पादनका लागि उपलब्ध गराउने तयारी रहेको वडाध्यक्ष मानबहादुर रावतले बताए।
स्याङ्जाको फेदीखोला गाउँपालिका– १ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन्। किराना पसल सञ्चालन गर्दै आएका उनले पुर्ख्यौली थलोमा पशुपालन सुरु गरेका हुन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जमिनको भोगाधिकार विमानस्थलले नपाउँदा केही समय रोकिएको निर्माणको काम पुनः सुरु भएको हो।
कपिलवस्तु बाणगङ्गा नगरपालिका-१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक २० हजार कमाइ गर्दै आएकी छिन्। थापाले विसं २०६६ देखि दुना–टपरी बनाउने पेसा अँगालेकी हुन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि जिल्लाको पटिहानीमा आयोजना गरेको गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय छलफललाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै एकसिङ्गे गैँडाको सुरक्षामा सरकार संवेदनशील रहेको बताए।
बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक स्तरोन्नति गरिएकामा अझै ६० प्रतिशत बाँकी रहेको डुम्रे बेँसीसहर चामे सडक आयोजनाका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले बताए।