जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजा, चरेस र हतियारसहित पाँच जनालाई पक्राउ गरेको छ। कैलाश गाउँपालिका–६, दुम्सिखर्कबाट सो सामाग्रीसहित पक्राउ गरेको हो।
अलैँची दाना बिक्रीबाट यहाँका किसानले २० करोड रुपैयाँ आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा ३८० मेट्रिक टन अलैँची बिक्री भएको थियो।
प्रहरीले देशको विभिन्न ठाउँबाट मृत व्यक्तिको शव फेला गरेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ बालाजु प्रगति गल्लीस्थित सडकपेटीमा लमजुङ्ग घर भएकी ३५ वर्षीया सोना गुरुङ शनिबार मृत अवस्थामा फेला परेकी...
मकवानपुरमा हिजो भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनीहरुको मृत्युभएको हो।
उपमहानगरपालिकाको चालू आवको प्रथम चौमासिकमा दुई सय ५८ योजनाको सम्झौता भएको थियो। बाँकी दुई सय १० योजना कार्यान्वयनको चरणमा रहेका उपमहानगरपालिकाले जनाएको छ।
नजिकैको निकुञ्जबाट निस्किने वन्यजन्तु विशेषगरी गैँडाले बाली लाग्नुअगावै सखाप पार्ने क्रम नरोकिएपछि पछिल्लो समय उनले आफ्नो खेतबारीमा गहुँखेती नै गर्न छाडेका हुन्।
ठोरी गाउँपालिकाले कूल सात लाखको लागतमा इनार निर्माण गरी ट्याङ्कीमा पानी झारेपछि सिंहे डाँडा, तीनघरे होमस्टे र वरपीपल टोलका स्थानीय खानेपानीको समस्याबाट मुक्त भएका हुन्।
हेटौंडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आठ राजनीतिक दलहरूबीच राष्ट्रपति निर्वाचनबारे भएको सहमति राष्ट्रिय सहमति भएको बताएका छन्।