सोमबार, असार २, २०८२

सिंहे डाँडामा खानेपानी पुगेपछि स्थानीयहरु खुसी

ठोरी गाउँपालिकाले कूल सात लाखको लागतमा इनार निर्माण गरी ट्याङ्कीमा पानी झारेपछि सिंहे डाँडा, तीनघरे होमस्टे र वरपीपल टोलका स्थानीय खानेपानीको समस्याबाट मुक्त भएका हुन्।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

पर्सा- वर्षौं खानेपानीको समस्या झेल्दै आएका पर्साको ठोरी गाउँपालिका १ सिंहे डाँडामा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन्।

ठोरी गाउँपालिकाले कूल सात लाखको लागतमा इनार निर्माण गरी ट्याङ्कीमा पानी झारेपछि सिंहे डाँडा, तीनघरे होमस्टे र वरपीपल टोलका स्थानीय खानेपानीको समस्याबाट मुक्त भएका हुन्। गाउँपालिकाले इनारमा पानी तान्ने मोटर लगाई ट्याङ्कीमा पानी झारेपछि त्यस गाँउका स्थानीयले पानीलाई भोग्नुपरेको समस्याबाट छुटकारा पाएको बताएका छन्। 

‘हामी लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थियौँ’, स्थानीयवासी दिलबहादुर कुँवरले भने, ‘खानेपानीको ट्याङ्कीमा पानी आएपछि सधैँलाई समस्या समाधान भएको छ।’ खानेपानी अभावका कारण बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको उनको भनाइ थियो। कुँवरले भने, ‘पहिला यहाँ १८ घरपरिवारको बसोबास थियो, तर खानेपानीकै अभावले केही वर्षअघि नौ घर परिवार त्यहाँबाट विस्थापित भयो’, खानेपानी नपाएर हामी पनि यहाँबाट विस्थापित हुने अवस्थामा पुगेका थियौँ, तर अब पानी खान नपाएर मरिन्छ की भन्ने त्रासबाट मुक्ति मिलेको छ’, उनले भने।

‘घर अगाडिको पानी ट्याङ्कीमा पूजा गरे, धारामा पानी झरेपछि टुटी खोलेर गाग्रीमा पानी थापेपछि असाध्यै खुसीको अनुभूति भएको छ’, खानेपानीका लागि लामो समयसम्म सङ्घर्ष गरेका कुँवरले भने, ‘अहिले जीवन नै फेरिएको जस्तो महसुस भइरहेको छ।’ 

पानीको लागि सङ्घर्ष गरेका स्थानीयको समस्यालाई मध्यनजर गरी इनारबाट ट्यांकीमा पानी ल्याउन सफल भएको ठोरी गाउँपालिकाका उपाध्यक्ष गोकुली कुमारी रेग्मीले जानकारी दिए। ‘इनारबाट मोटरले पानी तान्न सक्दैन् कि भने चिन्ता थियो’, उपाध्यक्ष रेग्मीले भने, ‘तर इनारबाट ट्याङ्कीमा पानी ल्याउन सफल भएका छौँ, अब खानेपानीकै कारण बस्ती विस्थापन हुन्छ की भन्ने अवस्था फेरिएको छ’, निर्वाचित भएदेखि नै सो बस्तीमा पानी पुर्याउने आफ्नो चाहना सफल भएपछि सुखीको अनुभूति भइरहेको उपाध्यक्ष रेग्मीको भनाई छ। 

सो क्षेत्रका जनतालाई खानेपानी, स्वास्थ्य र शिक्षालगायतका सबै सुविधा पुर्याउने योजनाका साथ अघि बढेको ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताए। सिंहे डाँडा, तीनघरे होमस्टेलगायतको त्यस क्षेत्रलाई एउटा सुन्दर पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने ठोरी गाउँपालिकाको योजना रहेको उनको भनाई छ।

प्रकाशित: Feb 25, 2023| 20:00 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।