बुधबार, वैशाख १७, २०८२

मकवानपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

मकवानपुरमा हिजो भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनीहरुको मृत्युभएको हो।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

काठमाडौं- मकवानपुरमा हिजो भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनीहरुको मृत्युभएको हो। 

हेटौँडा–भीमफेदी–फाखेल–फर्पिङ सडकखण्डको हेभीमा शनिबार काठमाडौँबाट हेटौँडातर्फ जाँदैगरेको बा ७३ प ९०६० नम्बरको मोटरसाइलक दुर्घटनामा परी दाङ घर भएका आशिका चौधरीको मृत्युभएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो। मोटरसाइकलमा सवार २३ वर्षीय चौधरीको ढुङ्गामा टाउको ठोक्किदा घटनास्थलमा मृत्युभएको घिमिरेले बताए। मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका ५ थानकोटका ओमकुमार रानामगर  घाइतेभएका छन्। 

सोहीअनुसार इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभी क्षेत्रमा हेटौँडाबाट काठमाडौँतर्फ आउँदैगरेको गरेको बा ९० प २६०० नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकल चालक विकास जयसवालको मृत्युभएको छ। मोटरसाइकल दुर्घटनामा परी टाउकोमा चोट लागेका गौतम कुमारको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक घिमिरेका अनुसार ३८ वर्षीय जयसवाल र १८ वर्षीय गौतमकुमार दुवै काठमाडौँमा डेरा गरी बस्दै आएका थिए। जयसवाल भारतीय नागरिक हुन्।

Metro Mart
worldlink

प्रकाशित: Feb 26, 2023| 06:50 आइतबार, फागुन १४, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।