बुधबार, जेठ १५, २०८२
  • गृहपृष्ठ
  • समाज
  • श्रीमान्-श्रीमतीसहित देशको विभिन्न स्थानमा ६ जना मृत फेला

श्रीमान्-श्रीमतीसहित देशको विभिन्न स्थानमा ६ जना मृत फेला

प्रहरीले देशको विभिन्न ठाउँबाट मृत व्यक्तिको शव फेला गरेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ बालाजु प्रगति गल्लीस्थित सडकपेटीमा लमजुङ्ग घर भएकी ३५ वर्षीया सोना गुरुङ शनिबार मृत अवस्थामा फेला परेकी छन्।
 |  आइतबार, फागुन १४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १४, २०७९

काठमाडौं- प्रहरीले देशको विभिन्न ठाउँबाट मृत व्यक्तिको शव फेला गरेको छ। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ बालाजु प्रगति गल्लीस्थित सडकपेटीमा लमजुङ्ग घर भएकी ३५ वर्षीया सोना गुरुङ शनिबार मृत अवस्थामा फेला परेकी छन्।

यसैगरी काठमाडौंको टोखा नगरपालिका–८ बानियाँटार बालुवापाटी डेरागरी बस्ने मोरङ घर भएकी ४४ वर्षीया सीता राई आफ्नै कोठामा शनिबार अवस्थामा फेला परेकी छन्। 

त्यस्तै, प्रहरीले दिएको जानकारी अनुसार बाँकेको डुडुवा गाउँपालिका–३ भगरास्थित राप्ती नदीमा राप्ती सोनारी गाउँपालिका–५ तिलहरिया बस्ने ८७ वर्षीय तिलबहादुर बुढा र उनकै श्रीमती ६७ वर्षीय बुद्धिमला बुढा मृत अवस्थामा फेला परेका छन्। 

उनीहरू गत माघ १० गते घरबाट नेपालगंज जान्छौं भनि हिँडेकोमा घर फर्की नआएपछि खोजी गर्ने क्रममा नदीमा उनीहरूको शव फेला परेको प्रहरीको भनाइ छ। मृतकहरुको साथबाट ९ लाख ४१ हजार ४ सय रुपैयाँसमेत फेला परेको प्रहरीले जनाएको छ। 

यसैबीच रूपन्देहीको तिलोत्तमा नगरपालिका –१ शंकनगर सामुदायिक वनको सुखौरा खोलाको छेउमा पहिचान नखुलेको अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित दुधौरा पुल र बालगंगा पुलको बीचसडक छेउमा पहिचान नखुलेका अन्दाजी ६० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन्। त्यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Feb 26, 2023| 07:40 आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।