आइतबार, जेठ ५, २०८२

लिग २ को अन्तिम विदेश यात्राः नेपाली टिम युएइ प्रस्थान

दुई शृंखला मात्र बाँकी रहेको नेपाली टिम विदेशमा हुने अन्तिम शृंखला खेल्नका लागि शनिबार साँझ युएइ प्रस्थान गरेको हो।
 |  शनिबार, फागुन १३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन १३, २०७९

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले आईसिसि विश्वकप लिग २ को अन्तिम विदेश यात्रामा निश्किएको छ। दुई शृंखला मात्र बाँकी रहेको नेपाली टिम विदेशमा हुने अन्तिम शृंखला खेल्नका लागि शनिबार साँझ युएइ प्रस्थान गरेको हो।

अब यही फागुन १५ देखि २१ गतेसम्म हुने लिग २ शृंखलामा नेपालले घरेलु टोली युएईसहित पपुवा न्यूगिनीसँग समान २–२ खेल खेल्नेछ। तीन देश सम्मिलित शृंखलामा नेपालले चार खेल खेल्नेछ। त्यो यात्राका लागि दुई दिन अघि नै राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघले खेलाडीलाई विदाई गरेको थियो।

अहिले नेपाल लिग २ को छैटौं स्थानमा रहे पनि शीर्ष तीनमा पुग्ने केही सम्भावना बाँकी नै छ। यता नेपालसँगै वान डे विश्वकपको क्वालिफायरमा पुग्ने होडमा युएई पनि रहेको छ। त्यसैले यो शृंखला नेपाली टिमका लागि महत्वपूर्ण छ। युएईको सिसिज सकिएपछि यिनै टिमले अन्तिम शृंखलामा काठमाडौंको त्रिवी क्रिकेट मैदानमा खेल्नेछन्। यसअघि नेपालले त्रिवी मैदानमा दुई शृंखला खेलिसकेको छ।

नेपालले लिग २ को दौरान ओमन, अमेरिका, नामिबिया, स्कटल्यान्डमा खेलिसकेको छ। युएईमा हुने शृंखलाका लागि रोहित पौडैलको कप्तानीमा १५ सदस्यीय टोलीमा प्रतिश जिसी र श्याम (मौसम) ढकाल नयाँ अनुहारको रुपमा छन्।


प्रकाशित: Feb 25, 2023| 18:47 शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।