सोमबार, वैशाख १५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
 |  मंगलबार, चैत २८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २८, २०७९

काठमाडौं- घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ। स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो।

स्पोटिफाई क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोनाले पटक-पटक गोलका लागि प्रयास गरेको भए पनि जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले उसको कुनै पनि प्रयासलाई सफल हुन दिएनन्।

र, खेल गोलरहित बराबरीमा टुंगियो। ला लिगामा बार्सिलोनाको यो तेस्रो बराबरी हो।

दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १३ अंकले पछि पारेको बार्सिलोनाले २८ खेलबाट ७२ अंक बटुलेको छ भने जिरोना ३५ अंक जोडेर ११औं स्थानमा छ। दोस्रो स्थानको रियलसँग ५९ अंक रहेको छ।

प्रकाशित: Apr 11, 2023| 09:50 मंगलबार, चैत २८, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।