ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ ।
सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । यो योजना कार्तिक २५ गतेदेखि लागू हुनेछ ।
शौर्य सिमेन्टले ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल अफर’ सार्वजनिक गरेको छ। १५ कात्तिकदेखि देश व्यापी रूपमा सुरु भएको यो योजना आगामी ३० पुससम्म लागु हुने कम्पनीले जनाएको छ।