आइतबार, असार २९, २०८२

सेञ्चुरी कमर्सियल बैंक र दराजबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । यो योजना कार्तिक २५ गतेदेखि लागू हुनेछ ।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । यो योजना कार्तिक २५ गतेदेखि लागू हुनेछ ।

उक्त सम्झौतापत्रमा बैँकको तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसी र दराज केयमुका तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरे ।

बैँकमा खाता रहेका ग्राहकहरूले दराजको ११.११ अभियानमार्फत अनलाइन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ % वा रु. २,५०० सम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० % वा रु. ३,००० सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु गर्नुपर्ने जनाइएको छ ।


प्रकाशित: Nov 03, 2022| 16:50 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्