काठमाडौं- नेपालमा आज सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सय र चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको हो।
महासंघले आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार २०० रूपैयाँ र तेजाबी सुनको मूल्य ९२ हजार ७०० रूपैयाँ कायम रहेको जनाएको छ। बुधबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६०० र तेजाबी सुनको मूल्य ९३ हजार १०० रूपैयाँ थियो।
यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ। महासंघले आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले घटेको जानकारी दिएको छ।
यससँगै आज चाँदीको मूल्य तोलामा १२ सय १५ रूपैयाँ छ। हिजो बुधबार चाँदीको मूल्य तोलामा १२ सय २५ रूपैयाँ थियो।