काठमाडौं- टाटा कमर्सियल गाडीहरुको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले ‘टाटा प्रोटेक्ट’मा सेवा तथा सुविधाहरु थप गरेको छ। एक विशेष कार्यक्रमको आयोजना गरी टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको बारेमा जानकारी गराइएको छ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बिक्रीपछि उत्कृष्ट सेवाहरु प्रदान गर्नु कम्पनीको लक्ष्य रहेको बताए। ‘यो सुविधाले ग्राहकलाई ढुक्क भई आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्न सहयोग पुग्नेछ’ उनले भने। टाटा मोटर्सका उपाध्यक्ष अनुराग मेहरोत्राले विश्व बजारमा यो टाटा प्रोटेक्ट लागू भएपछि ग्राहकमा सन्तुष्टि पाइएको बताए। टाटा प्रोटेक्टका विस्तारित सेवा तथा सुविधाले गाडीको अपटाइम उच्च राख्ने, ग्राहकको नाफामा समेत वृद्धि हुने र ग्राहकले तनावमुक्त सेवा तथा सुविधा पाउने उनले बताए।
टाटा प्रोटेक्टअन्तर्गत मास्टर केयर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पी, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा 'वी केयर' गरी आठ प्रकारका सेवा तथा सुविधा समावेश छन्। उक्त सेवा तथा सुविधा सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेछन्।
मास्टर केयर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा रहेका छन्। जसमा ग्राहकका गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिनेछ। टाटा जेन्यूइन पार्टस् अन्तर्गत सिप्रदी वर्कसपमा फेरिएका स्पेयर पार्टस्हरुमा ६ महिना वा ५० हजार किलोमिटरसम्मको वारेन्टी सुविधा हुनेछ। एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्ने वा क्षतिपूर्तिको व्यवस्था कम्पनीले गर्नेछ। कम्पनीका अनुसार टाटा जिप्पीअन्तर्गत ४८ घण्टाभित्र गाडीको मर्मत हुने वा क्षतिपूर्तिको व्यवस्था रहेको छ।
कस्टमर हेल्पलाइनको व्यवस्था २४सैं घण्टा रहने र गुनासोहरु ४८ घण्टाभित्र समाधान गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ। टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुन्छ र साथमा नगद रहित बिमा दाबी सुविधा पनि रहेको छ। टाटा अलर्ट अन्तर्गत कम्पनीले तोकेका हाईवे करिडोरमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टाभित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टाभित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदान हुने कम्पनीको भनाइ छ। 'वी केयर' सेवा अन्तर्गत वर्कसपमा गाडी बनाउँदा ग्राहकले अपेक्षा गरे बमोजिमको सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी आफ्नो समस्या तथा गुनासोलाई दर्ता गराई समाधान गर्ने व्यवस्था छ।