आइतबार, असार २९, २०८२

सीएनआई अध्यक्ष र आईएमएफ प्रतिनिधिबीच भेटवार्ता

आईएमएफ नेपाल प्रतिनिधि सांचेजले कोभिडको असरबाट विस्तारै बाहिर आउने क्रममै रुस-युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नै समस्यामा पारेको बताएकी थिइन्।
 |  बिहीबार, कात्तिक १७, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १७, २०७९

काठमाडौं- नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) नेपाल प्रतिनिधि टेरेसा डबान सांचेजबीच नेपालको अर्थतन्त्रका विषयमा छलफल भएको छ। परिसंघ सचिवालयमा बिहीबार भएको भेटवार्तामा मुलुकको पछिल्लो अर्थतन्त्र, उद्योगी व्यवसायीहरुले भोगेको समस्या, अर्थतन्त्र सुधारका लागि चालिनुपर्ने कदमलगायतका विषयमा परिसंघ र आइएमएफबीच छलफल भएको जानकारी सीएनआईले दिएको हो। 

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले लगानीयोग्य रकमको अभाव, उच्च ब्याजदर, कम पूँजीगत खर्च, नेपाल राष्ट्र बैंकले हालै लागू गरेको चालु पूँजी कर्जा निर्देशिकालगायतका कारण उद्योगी व्यवसायीको आत्मविश्वासमा निकै कमी आएको बताएका थिए। मागमा आएको संकुचनका कारण उद्योगको प्रकृतिका आधारमा ३० देखि ७० प्रतिशतसम्म उत्पादन र मागमा गिरावट आएको उनको भनाइ थियो। 

आईएमएफ नेपाल प्रतिनिधि सांचेजले कोभिडको असरबाट विस्तारै बाहिर आउने क्रममै रुस-युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नै समस्यामा पारेको बताएकी थिइन्। विभिन्न चुनौती रहेपनि एसियाको अर्थतन्त्र तुलनात्मक रुपमा राम्रो रहेको उनको भनाइ थियो। नेपालप्रति अन्तर्राष्ट्रिय समुदाय निकै सकारात्मक रहेको भन्दै आगामी दिनमा त्यसले नेपाललाई फाइदा गर्ने उनको भनाइ छ। 

भेटमा नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डे, मानार्थ उपाध्यक्ष अनुज अग्रवाल, परिसंघ बैंक तथा वित्तीय समिति सभापति अनलराज भट्टराई, महानिर्देशक दीपकराज जोशीलगायत सहभागी थिए।


प्रकाशित: Nov 03, 2022| 18:06 बिहीबार, कात्तिक १७, २०७९
प्रतिक्रिया दिनुहोस्