गत जेठमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई मङ्सिर २३ गतेभित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिए पनि उनीहरुले समयमै कृषि र गैरकृषि जमिन छुट्टयाउन सकेका छैनन्।
नेपाली कांग्रेसको इतर पक्षका नेताहरूको बैठक आज बस्दै छ। शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्ने इतरपक्षको बैठकमा यो पक्षका पार्टी पदाधिकारी र केन्द्रीय सदस्यलाई बोलाइएको छ।
एमालेका उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन्।
गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते आह्वान गरिएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्।
नेपाल प्रहरीले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ।
गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबलकार निर्माणको योजना अघि सारेको बताए।
गुल्मीमा पर्याप्त मात्रामा सुन्तला उत्पादन, स्थानीय बजारमा खपत र बाहिरी बजारमा निर्यात हुँदै आए पनि यसको फाइदा बिचौलीयाले उठाइरहेका छन्। सुन्तला कृषकसँगै उपभोक्ता पनि मारमा परेका छन्।