नेप्सको सिस्टममा समस्या आएपछि हिजो रातिदेखि नै एटीएम नचलेको हो। रातिदेखि नै मेन्टेनेन्सको काम भइरहेकोले चाँडै सिस्टमले काम गर्न सुरु गर्ने नेप्सले जानकारी दिएको छ।
नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालि लेलङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस इभीको लागि बुकिङ खुला गरेको छ।
बीवाइडीको सुविधा सम्पन्न शोरुम नक्सालमा संचालनमा आएको छ। बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स नेपालले सोमबार एक कार्यक्रम आयोजना गरी उक्त शोरुम संचालनमा ल्याएको हो।
नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२...
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको रु ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले सोमबार सार्वजनिक गरेको विश्वव्यापी बहुआयामिक गरिबी सूचकांक प्रतिवेदनमा ५१ लाख ३७ हजार नेपाली बहुआयामिक गरिब रहेको देखिएको हो।