मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा कायम गरेको छ।
 |  बिहीबार, कात्तिक ३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ३, २०७९

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ ५४ पैसा र बिक्री दर १३३ रुपैयाँ १४ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १२९ रुपैयाँ ६५ पैसा र बिक्री दर १३० रुपैयाँ २४ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४९ रुपैयाँ १९ पैसा र बिक्री दर १४९ रुपैयाँ ८६ पैसा छ। 

यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ १४ पैसा र बिक्री दर १३२ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ ३५ पैसा र बिक्री दर ८३ रुपैयाँ ७३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७४ पैसा छ।

जापानी येन १० को खरिद दर ८ रुपैयाँ ८६ पैसा र बिक्री दर ८ रुपैयाँ ९० पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३४ पैसा र बिक्री दर १८ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३५ रुपैयाँ २८ पैसा र बिक्री दर ३५ रुपैयाँ ४४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २१ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ २७ पैसा र बिक्री दर ९ रुपैयाँ ३१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर

प्रकाशित: Oct 20, 2022| 07:17 बिहीबार, कात्तिक ३, २०७९
प्रतिक्रिया दिनुहोस्