मंगलबार, असार ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • प्याराग्लाइडिङ उडान अध्ययन गर्न बन्यो उच्चस्तरीय छानबिन समिति

प्याराग्लाइडिङ उडान अध्ययन गर्न बन्यो उच्चस्तरीय छानबिन समिति

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डे संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।
 |  बुधबार, कात्तिक २, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २, २०७९

काठमाडौं– सरकारले प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन गरेको छ। बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डे संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार समितिलाई छिटो प्रतिवेदन बुझाउने गरी कार्यादेश दिइएको छ। समितिमा नेपाल हवाई खेलकुद संस्था, राष्ट्रिय खेलकुद परिषद्, चिकित्सा क्षेत्रबाट समेत प्रतिनिधित्व गराएर अध्ययन गरिनेछ। 

समितिलाई हालसम्म प्याराग्लाइडिङमा भइरहेका अभ्यासको अध्ययन गरी उडानलाई सुरक्षति बनाउन अपनाउनुपर्ने उपायबारे सुझाव दिने जिम्मेवारी दिइएको छ।

गत आइतबार पोखरामा राष्ट्रिय खेलकुदका बेला नेपाली सेनाका खेलाडीको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको थियो। त्यसलगत्तै प्राधिकरणले देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ।

प्रकाशित: Oct 19, 2022| 14:55 बुधबार, कात्तिक २, २०७९
प्रतिक्रिया दिनुहोस्