बिहीबार, वैशाख १८, २०८२

तानाशाहविरुद्ध लडेको बार्सिलोना मेस्सीसँग कठोर !

बार्सिलोना स्वतन्त्रताको आन्दोलनमा छ भने रियल मड्रिड स्पेनको राजपरिवारसँग जोडिएको क्लब हो। यो सबैभन्दा महँगा खेलाडी किन्न सक्ने क्लबका रुपमा विश्वभर प्रसिद्ध छ।
 |  मंगलबार, भदौ १६, २०७७

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, भदौ १६, २०७७

स्पेन र क्याटिलोना, मेस्सी र बार्सिलोना। अघिल्ला दुई स्पेनी भूमि हुन्। दुई भूमिबीच जति निकट सम्बन्ध छ अर्जेन्टिनी फुटबलर मेस्सी र चर्चित क्लब बार्सिलोनाबीच त्यत्तिकै घनिष्ठ सम्बन्ध छ।

क्याटलोनिया र मेस्सीबीचको अर्को समानता पनि छ। त्यो क्याटलोनिया स्पेनबाट अलग हुन चाहन्छ, स्पेन छुट्न दिँदैन। मेस्सी बार्सिलोनाबाट बाहिरिन चाहन्छन्, बार्सिलोना अन्त जानै दिँदैन। क्याटलोनियाबाट स्पेनले निकै फाइदा लिइरहेको छ भने बार्सिलोनाले मेस्सीको नाममा विश्वभर फ्यान बटुलेको छ।

यिनीहरूबीच किन धेरै माया त? बार्सिलोनाले किन विश्वका अन्य उत्कृष्ट खेलाडीको भावनाको कदर गर्न सकेन? फुटबलका फ्यानबीच अचेल उठ्ने प्रश्न हुन् यी।

स्पेनिस जायन्ट बार्सिलोनाको चर्चा गर्दा अर्को क्लब रियल मड्रिडलाई छाड्न मिल्दैन। किनकि दुवै क्लबले लामो समयदेखि भिन्नभिन्न आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक पक्षको नेतृत्व गरिरहेका छन्।

बार्सिलोना स्वतन्त्रताको आन्दोलनमा छ भने रियल मड्रिड स्पेनको राजपरिवारसँग जोडिएको क्लब हो। यो सबैभन्दा महँगा खेलाडी किन्न सक्ने क्लबका रुपमा विश्वभर प्रसिद्ध छ।

Metro Mart
worldlink

बार्सिलोना र क्याटालिना

स्पेनको दक्षिण पूर्वी राज्यमा क्याटलोनियन समुदायको बाहुल्य छ। उनीहरू आफूलाई स्वतन्त्र राज्यका जनता भन्न रुचाउँछन्। दशकौंदेखिको यही बुझाइ सन् २०१७ स्पेनमा भएको ‘क्याटालोनिया रिफरेन्डम’ मा बदलियो।

बार्सिलोना मैदानमा ‘स्वतन्त्र क्याटालोनिया’ (रिफरेन्डम अफ क्याटलोनिया) को झन्डा बोकेर प्रतिस्पर्धामा उत्रन्छ। जर्सीमै ‘स्वतन्त्र क्याटलोनिया’ को झन्डा अंकित छ।

स्पेनमा ५२ वटा राज्य छन्। बार्सिलोना ६० हजार ७२८ वर्ग किमि क्षेत्रफलको एउटा राज्य हो। बार्सिलोनामा बस्क्वेट समुदायको पनि बसोबास छ।
ला साग्रादा फेमेलिया, कासा बाट्लो, स्केयर्ड हेड अफ जिसस, पालउ डे ला म्युजिया, कासा मिला जस्ता सम्पदा र संस्कृतिमा धनी छन्।

ला साग्रादा फेमेलियामा सन् २०३० मा एउटा विशाल चर्च निर्माणाधीन छ। झन्डै डेढ सय वर्षअघि बन्न थालेको यो विश्वकै चर्चित सम्पदा हुनेछ।

क्याटलोनियन बार्सिलोनास्थित ला मासियाको हलोवड युवा एकेडेमीमा गर्व गर्छन् र १९८० देखि जोहान कुरिफले प्रचलनमा ल्याएको टिकी–टाका शैलीबाट फुटबल खेल्छन्।

स्वतन्त्र क्याटलोनियाको आन्दोलनमा बार्सिलोना

सन् १९३९ मा स्पेनिस तानाशाह जेनेरल फ्रान्सिस्को फ्रान्को र उनको ‘नेसनालिस्ट राइट विंग मिलिसिया’ ले क्याटालान र बस्क्वेट ससमुदायका जनतालाई स्वतन्त्र राज्यका लागि लड्न बाध्य बनायो। भाषा, संस्कृति र समुदायमाथि लगातारको दबाब उनीहरुले खप्न सकेनन र आन्दोलनमा उत्रिए।

अन्ततः तीन वर्षसम्म चलेको स्पेनिस युद्धलाई फ्रान्सिस्कोले दबाउन सफल बने। आन्दोलन दमन गरेसँगै तानाशाहले हत्याको नीति अलबम्बन गरे। क्याटालोनियाका जनतामाथि राजनीतिक दबाब बढाए। करिब ४० वर्षसम्म क्याटलान संस्कृति दबाएरै राखेको स्पेनिस इतिहास ताजै छ।

गोथिक आर्किटेक्चरबाट मोडर्न आर्किटेक्चरसम्मको यात्रामा सफल बार्सिलानाका पुस्ताले सम्हालेको संस्कृतिमाथिका दबाब क्याटलोनियनबाहेक अरूले बुझ्दैन।
फ्रान्कोले राजनीतिक प्रोपागान्डाका रुपमा फुटबललाई समेत प्रयोग गरे। उनले १९३९ मा ‘फुटबल क्लब बार्सिलोना’ को नाम परिवर्तन गर्दै स्पेनिस समकक्षी नाम बनाउन दबाब दिए। उनको कार्यकालमा क्लबमाथि प्रतिबन्ध लाग्यो।

जब मेस्सी बोल्छन्, बार्सिलोना थर्किन्छ !

बार्सिलोनाले रिजनल नेसनालिज्म र विभाजन जनाउने कुनै संकेत (भाषा, झन्डा आदि) प्रयोग गर्न नपाउने भयो। ननस्पेनिस नाम प्रयोग गर्न नपाएपछि क्लबको नाम नै ‘क्लब डी फुटबल बार्सिलोना’ राखियो, जर्सीबाट झन्डा हटाइयो। 

१९४३ मा दोस्रो विश्वयुद्ध चलिरहँदा पनि फ्रान्कोले अर्को प्रोपोगान्डा रचे। कोपा डेल जेनोरालिसिमोको एक समिफाइनलमा बार्सिलोना ३–० गोलअन्तरले विजेता भएको थियो।

सो खेलपछि बार्सिलोनका सुरक्षा निर्देशक क्लबको रंगशाला घुम्न गए। उनले त्यहाको ड्रेसिङ रुममै खेलाडीलाई चेतावनी लिए– ‘शासनको उदारताका कारण मात्र बार्सिलोनाले खेल्न पाएको हो, राज्यप्रति सबैले समर्पित हुनुपर्छ।’ दोस्रो लेगमा मड्रिडले ११–१ गोलअन्तरले खेल जित्यो।

१९६८ को कोपा डेल जेनेरालिसिमाको फाइनलमा सेन्टियागो बर्नाबेउमा फ्रान्कोकै अघि राजखान्दानको टिमलाई १–० गोल अन्तरले हराएपछि बार्सिलोना बिस्तारै जम्न थाल्यो।

रियल मड्रिड र बार्सिलोनाबीच दशकौंदेखिको भिडन्त बुझेका मानिसले यो यीइ दुई टिमको खेललाई ‘एल क्लासिको’ नाम दिएका छन्। जसको अर्थ हुन्छ ‘महाभिडन्त।’ सन् १९६८ मा जेनोरालिसिमा फाइनलको महाभिडन्तमा बार्सिलोनाले जित निकालेको थियो।

फ्रान्कोको शासनकालको अन्त्यतिर १९७५ मा बार्सिलोनाले पुनः आफ्नो क्याटालान नाम ‘फुटबल क्लब बार्सिलोना’ राख्न पायो। स्पेनको तानाशाही शासनकाल त हटेर गयो तर क्याटलान स्वतन्त्रताको आन्दोलन सकिएन। तीन वर्षअघि (२०१७) पनि पुनः त्यही आन्दोलन दोहोरियो।

इटालीको गिद्दे दृष्टि

बार्सिलोनाले स्पेनिस तानाशाहीको मात्रा सामना गरेको छैन। क्याटलोनियाको सम्पदामाथि इटालीको पनि कुदृष्टि थियो।

सन् १९३८ मार्च १६ मा इटालियन तानाशाह बेनिटो मुसोलिनीको एयर फोर्सले बार्सिलोनामा बम खसाल्यो। तीन हजारभन्दा धेरै मानिसको मृत्यु भयो। बार्सिलोनाको कार्यालय ध्वस्त भएको थियो।

टक रेडियोका अनुसार सन् २०११ मा अंगाेलामा एक किशोरले एल क्लासिको विवादका कारण आफ्नै पितालाई गोली हानेर हत्या गरिदिएकी थिइन्। त्यस्तै सन् २०१३ मा इराकमा बार्सिलोना समर्थकले रियल मड्रिडका एक जना समर्थकको हत्या गरेका थिए।

एल क्लासिको दक्षिण कोरिया र भारतसम्म विवादमा तानिएका व्यक्ति हुन्। ‘कोही मानिस सोच्छन् कि फुटबल जीवन–मृत्युको मामला हो। म तपाईंलाई विश्वास दिलाउँछु, फुटबल त्यो भन्दा धेरे गम्भीर छ,’ प्रसिद्ध फुटबल प्रशिक्षक बिल शंकलीले एकपटक भनेका थिए, ‘अझ बार्सिलोना र रियलका फ्यानका लागि यो कुरा निश्चित रुपमा सत्य हो।’

गुगलमा ‘कोरोना भाइरस’ भन्दा धेरै खोजिए ‘मेस्सी’

रियल मड्रिड स्पेनका शासकले चलाएको टिम हो भने बार्सिलोना राज्यविरुद्ध आन्दोलनमा उत्रिरहने क्याटलोनियनले चलाएको। रियलको लोगोमा स्पेनिस महारानीले लगाउन ताज छ। बार्सिलोनाले क्याटलोनियाको झन्डा प्रयोग गर्छ।

‘दुई फरक भाषा, फरक मानिस र दुई देश’ कतिपयले मड्रिड र बार्सिलोनाको सम्बन्धलाई यसरी बुझेका छन्। उनीहरूका अनुसार रियलविरुद्ध बार्सिलोना भन्नुको मतलब राज्यविरुद्ध असन्तुष्ट पक्षको भिडन्त हो। शक्तिविरुद्ध स्वतन्त्रताको भिडन्त हो। र, हो पहिचानको आन्दोलन पनि।

यी दुईको खेलमा फुटबल मात्र समाहित छैन। राजनीतिको समेत महायुद्ध हो। बार्सिलोना स्वतन्त्रताका पक्षमा लड्दै आएको छ।

अब समर्थकको मनमा एउटा जिज्ञासा पलाउँछ – तानाशाहविरुद्ध लामो युद्ध गरेको बार्सिलोना मेस्सीप्रति कसरी अधिनायकवादी हुन सक्छ? उत्तर हो– मेस्सी–बार्सिलोना र स्पेन–क्याटलोनियाको सम्बन्ध पैसा र ख्यातिसँग जोडिएको छ।

- एजेन्सीकाे सहयाेगमा

प्रकाशित: Sep 01, 2020| 15:55 मंगलबार, भदौ १६, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।