बिहीबार, वैशाख १८, २०८२

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

अविरल वर्षासँगै पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ –बुर्तिवाङ खण्ड अवरुद्ध भएको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

अविरल वर्षासँगै पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ –बुर्तिवाङ खण्ड अवरुद्ध भएको छ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघा काउछेमा खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट–११ का वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए। पहिरोले करिब २५ मिटर सडक पुरेको छ।

सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम क्षेत्रसहित रुकुम तथा रोल्पा पुग्ने सवारी अलपत्र परेका छन्। निरन्तरको वर्षाका कारण लोकमार्ग खुलाउन समस्या भएको सो नगरपालिकाले जनाएको छ।

यस्तै अविरल वर्षसँगै आएको पहिरोले जिल्लाका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन्। –रासस

प्रकाशित: Jul 10, 2020| 12:43 शुक्रबार, असार २६, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।