मंगलबार, असार १७, २०८२

'केही व्यक्तिका कारण राजनीति बदनाम भएको छ'

कर्णाली उत्सवको चौथो संस्करणको ‘सग्लो समाजः सङ्लो राजनीति’ सत्रमा वक्तका रुपमा सहभागी शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्ण जागेको बताए।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

सुर्खेत- नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद विश्वप्रकाश शर्माले कुनै एक व्यक्तिले गरेको गल्तीका कारण पूरै राजनीति बदनाम हुने गरेको बताएका छन्। कर्णाली उत्सवको चौथो संस्करणको ‘सग्लो समाजः सङ्लो राजनीति’ सत्रमा वक्तका रुपमा सहभागी शर्माले केही राजनीतिज्ञको प्रवृत्तिका कारण समग्र राजनीतिप्रति जनतालाई वितृष्ण जागेको बताए।

‘राजनीतिभित्र भएका सबै मानिस एउटै छैनन्, केही राम्रा पनि छन् भन्ने कुरा जनतालाई बुझाउन सकिएको छैन,’ उनले भने, ‘गर्नुपर्ने कामको प्राथमिकता निर्धारण गर्न नसकिनु, समयमै आयोजना सम्पन्न नहुनु, भनेको बेला सेवा लिन नपाउनु जस्ता कुराले राजनीतिप्रति मानिसलाई वितृष्णा जागेको पाइन्छ।’

उनले अगाडि भने, ‘कुनै दिन जिल्ला प्रशासन कार्यालय नागरिकता लिन पुगेको मानिसले समयमै नागरिकता नपाउँदा त्यहाँ ढिलो गर्ने कर्मचारीलाई भन्दा नेतालाई गाली गर्छ।’ संस्थामै राजनीतिकरण हुने गरेकाले अहिले राजनीति निश्पक्ष नभएको उनको भनाइ छ। उनले राजनीतिक रुपमा हुने हरेक निर्णयहरु निश्पक्ष हुनुपर्ने बताए।

उनले राजनीतिलाई सङ्लो बनाउन राजनीतिज्ञले पदको लोभ गर्न नहुनेमा जोड दिए। ‘राष्ट्रपति बन्ने हो भने एकपटक मात्र बनोस्, प्रधानमन्त्री बनेको मान्छे दुईपटक मात्र बनोस्,’ महामन्त्री शर्माले भने, ‘मन्त्री बन्ने हो भने तीन पटक र सांसद बन्ने हो भने ४ वर्ष बनोस्, बाँकी समय अर्कोलाई मौका दिनुपर्छ।’

उनले राजनीतिज्ञले संवैधानिक निकायमा आफ्नो भाग खोज्ने प्रवृत्ति समाजमा राजनीतिप्रति वितृष्णा जगाउने अर्को विषय भएको टिप्पणी गरे। देश विकासका लागि राजनीतिक दलको मात्र योग्दान छ भन्ने बुझाइलाई छोड्नुपर्ने उनको सुझाव थियो। महामन्त्री शर्माले बालवालिका, महिला, युवाबीचको असमानतालाई हेरेर राजनीतिले आफ्नो बाटो निर्धारण गर्नुपर्नेमा जोड दिए। यसरी अघि बढे राजनीति सङ्लो बन्ने उनको सुझाव थियो।

‘हामी अहिले जुन स्थानमा छौं त्यो अपर्याप्त छ, हामी कयौं दुनियाँको तुलनामा कमै छौं,’ उनले भने, ‘हामीले जति गर्नुपर्थ्यो त्यो गर्न नसकिएको कुरा आत्मसात गर्नुपर्छ, तर हामीले केही गरेका कुरालाई पनि मनन् गर्नैपर्छ।’

सत्रमा सहभागी मानव अधिकारकर्मी मोहना अन्सारीले यसअघि असमानता र विभेदमा टिकेको नेपालको राजनीति विस्तारै परिवर्तन हुँदै गएको बताइन्। उनले जनताको चाहना बुझेर राजनीतिक दलले आफ्नो बाटो निर्धारण गर्नुपर्नेमा जोड दिइन्। ‘जनताले मेरो घरलाई सिंहदरबार बनाइदिनु भनेका छैनन्, उनीहरुले रोजगारीका लागि हामी भौतिारिनु नपरोस् भन्ने चाहेका छन्,’ उनले भनिन्, ‘यस्ता कुरालाई राजनीतिज्ञले बुझ्न जरुरी छ।’

अन्सारीले समाजको प्रतिबिम्वका रुपमा रहेको राजनीति सफा भए मात्र समाज पनि सफा हुने बताइन्। ‘राजनीति सफा भए समाज सफा हुने हो, तर त्यो प्रत्याभूति जनताले गरेको अहिलेसम्म पाइएको छैन,’ उनले भनिन्, ‘यसमा नीतिगत, कानुनी अड्चन छन्, सङ्लो राजनीति गर्न यसलाई सुधार गर्नुपर्छ।’

अहिलेको राजनीतिभित्र असमान प्रवृत्ति विकास भइरहेको उनको भनाइ छ। अन्सारीले पछाडि पारिएका समुदायलाई समावेश गराउन राजनीति किन अग्रसर हुनुपर्नेमा जोड दिइन्। एउटै व्यक्ति राजनीतिको दलको नेतृत्वमा भइरहनुपर्छ भन्ने मान्यता त्याग्नुपर्नेमा अन्सारीको पनि जोड थियो।

प्रकाशित: Feb 19, 2023| 15:34 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...