मंगलबार, असार १७, २०८२

सत्ताधारी गठबन्धन लामो समय टिक्दैन: माधव नेपाल

उनले राष्ट्रपतिको निर्वाचनबाट सत्ताधारी गठबन्धनको भविष्य टुंगो लाग्ने र त्यो एक हप्ता भित्र हुने बताए।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ताधारी गठबन्धन लामो समय नटिक्ने बताएका छन्। 

नेकपा एसनिकट भातृ संगठन अनेरास्ववियूको स्थायी कमिटीको किर्तिपुरमा दोस्रो बैठक उद्घाटन गर्दै उनले सत्ताधारी गठबन्धनमा संविधान बिरोधीदेखि संविधानका पक्षपाती सबै खाले शक्तिहरु भएका कारण उक्त गठबन्धन लामो नटिक्ने उनले बताए।

उनले  राष्ट्रपतिको निर्वाचनबाट सत्ताधारी गठबन्धनको  भविष्य टुंगो लाग्ने र त्यो एक हप्ता भित्र हुने बताए। 

कीर्तिपुरमा जारी बैठकले चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो संगठन कसरी अगाडि बढ्ने भन्ने विषयमा रणनीतिक योजना तर्जुमा गर्ने अनेरास्ववियूका प्रवक्ता मिलन राईले बताए ।


प्रकाशित: Feb 19, 2023| 14:31 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...