मंगलबार, असार १७, २०८२

जसपा बैठक बस्दै, राष्ट्रपति निर्वाचनबारे छलफल हुने

जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समिति बैठक आज बस्दैछ।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

काठमाडौं- जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समिति बैठक आज बस्दैछ। समसायिक राजनीति विषय, राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन, पार्टीको विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरण लगायतको विषयमा बैठकमा छलफल हुने सो दलका प्रवक्ता मनिस सुमनले जानकारी दिए। आज विहान ११ बजेपछि पार्टी कार्यालय बालकुमारीमा बैठक बस्ने जसपाले जनाएको छ। 

जसपाले उपराष्ट्रपति पद आफ्नो दलले लिने दावी गर्दैआएको छ। सत्ता गठबन्धनमा उपराष्ट्रपति माओवादी केन्द्रको भागमा परेकाले जसपाले उपराष्ट्रपति पाउने नपाउने टुंगो भने अहिलेसम्म भएको छैन। फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपतिको निर्वाचन तय भएको छ  राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीका भूमिकाबारे छलफल प्रवक्ता सुमनले बताए। 

जसपाले नेकपा (एकीकृत समाजवादी) लगायत दलसँग एकीकरणका लागि पहल गरिरहेको छ। सिद्धान्त र नीति मिल्ने पार्टीसँग गर्ने एकताको अहिलेसम्म भएको प्रयास र उपलब्धीको बैठकमा समीक्षा हुने सुमनले बताए। 

प्रकाशित: Feb 19, 2023| 10:31 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...