काठमाडौं- नेकपा एमाले प्रदेश कमिटीले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारवाही गर्न केन्द्रमा सफारिस गरेको छ।
शनिबार बिहान बसेको प्रदेश एक कमिटीले यस्तो सिफारिस गरेको हो। प्रसाईं एमाले केन्द्रीय सदस्य हुन्।
उनले पार्टी हितविपरीतका गतिविधि गरेको एमालेको आरोप छ। प्रसाईंले केहीदिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई सहभागी गराई एक कार्यक्रमको आयोजना गरेका थिए।