बुधबार, असार १८, २०८२

एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु

पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान थालेको हो।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– सत्तारुढ नेकपा एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ। शुक्रबार पार्टी संगठन सुदृढीकरण तथा विस्तार अभियानअन्तर्गत एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान थालेको हो। 

अभियानको भर्चुअल उद्घाटन गर्दै अध्यक्ष केपी ओलीले पार्टीलाई जगैदेखि बलियो बनाउने गरी संगठन निर्माणार्थ अभियानमा खटिने सबै नेता कार्यकर्तालाई निर्देशन दिए। एमालेले अभियानअन्तर्गत सातै प्रदेश हुँदै जिल्ला र  पालिकासम्म केन्द्रीय नेताहरू पुग्ने र त्यहाँको समस्याका साथै पार्टी संगठनबारे कार्यक्रम गरिने बताएको छ। 

एमालेले पार्टीका पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यलाई अभियानको केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा दुई महिने जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न पठाएको छ।

उक्त अभियानलाई केन्द्रीय उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरूको टिमले अनुगमन र संयोजन गर्नेछ। अभिमुखीकरणका लागि प्रदेश १ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, बागमती प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, लुम्बिनी प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा, कर्णाली प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ र  सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल तोकिएका छन्। 

महासचिव शंकर पोखरेलको नेतृत्वमा अनुगमन र संयोजन हुने उपत्यकामा रहेका गैरभौगोलिक विशेष कमिटी (केन्द्रीय कार्यालय) को अभिमुखीकरणमा उपमहासचिव प्रदीप ज्ञवालीले प्रशिक्षण दिने विशेष कमिटीको अनुगमन तथा संयोजनमा रहेका कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए। 

एमालेले पार्टीलाई वैचारिक र संगठनात्मक तवरले मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूति गर्ने शक्तिका रूपमा स्थापित गर्न अभियान चलाउनु परेको बताएको छ। मिसन ग्रासरुट अभियान नेकपा स्थापनाको दिन अर्थात् ९ वैशाखमा समापन हुनेछ।

प्रकाशित: Feb 17, 2023| 16:51 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...