बुधबार, असार १८, २०८२

माओवादीको जनयुद्ध दिवस र पृथ्वी जयन्तीको बिदा निरन्तर

पृथ्वी जयन्तीको बिदा सत्ता साझेदार राप्रपाको जोडबल र कथित जनयुद्ध दिवसलाई प्रधानमन्त्री प्रचण्डको स्वनिर्णयबाट निरन्तरता दिइएको हो।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले अब प्रत्येक वर्ष जनयुद्ध दिवस र पृथ्वी जयन्तीको सार्वजनिक बिदा दिने भएको छ। पृथ्वी जयन्तीको बिदा सत्ता साझेदार राप्रपाको जोडबल र कथित जनयुद्ध दिवसलाई प्रधानमन्त्री प्रचण्डको स्वनिर्णयबाट निरन्तरता दिइएको हो।

गृह मन्त्रालयबाट आएको प्रस्तावमा यी दुई बिदा थप गरेर मन्त्रिपरिषद् बैठकले आगामी वर्षका लागि बिदा स्वीकृत गरेको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बिदा पुनरवलोकन गर्ने सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको एउटा समितिले अध्ययन गरिरहेको भए पनि अहिले भइरहेका बिदामा तत्काललाई दुईटा थपेर बिदा स्वीकृत गरेको उनले जानकारी दिइन्। 

बिहीबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘तत्काललाई क्यालेन्डर छापिसक्ने बेला भइसकेको अवस्थामा भदौसम्म पुनरवलोकन गर्ने र समग्र बिदालाई व्यवस्था गर्ने निर्णय सँगसँगै भइरहेका बिदामा दुई थपेर स्वीकृत गरिएको छ। थपिएको बिदामा २७ पुसको पृथ्वी जयन्ती र १ फागुनको जनयुद्ध दिवस रहेका छन्।’

प्रकाशित: Feb 17, 2023| 16:43 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...