मंगलबार, असार १७, २०८२

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री प्रचण्ड

दुई नेताबीच राष्ट्रपति निर्वाचन र उम्मेदवारबारे छलफल भइरहेको हो।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट निवास पुगेका छन्। शुक्रबार दिउँसो बालकोट पुगेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच सरकारको भविष्य र राष्ट्रपतिको निर्वाचनलगायत विषयमा कुराकानी भइरहेको छ।

सत्ता गठबन्धनमा आबद्ध दुई नेताबीच राष्ट्रपति निर्वाचनबारे छलफल भइरहेको बताइन्छ। शुक्रबार मात्रै कांग्रेसले राष्ट्रपतिमा सघाए पूरै कार्यकाल प्रधानमन्त्रीको ग्यारेन्टी दिएपछि ओलीले प्रचण्डसँग यसबारे कुराकानी गर्दै रहेको बुझिएको छ।  

यसअघि बिहीबार प्रचण्ड र ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा दुई घन्टा एक्लाएक्लै वार्ता भएको थियो। उक्त वार्ता पनि राष्ट्रपति निर्वाचनमै केन्द्रित थियो।

प्रकाशित: Feb 17, 2023| 15:46 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...