बुधबार, असार १८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसलाई राष्ट्रपति दिए प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री : प्रवक्ता महत

कांग्रेसलाई राष्ट्रपति दिए प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री : प्रवक्ता महत

नेकपा माओवादीले राष्ट्रपति निर्वाचनमा समर्थन गरे पूरै पाँच वर्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने कांग्रेसको संकेत।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– प्रधानमन्त्रीको नेतृत्व लिइरहेको सत्तारुढ माओवादी केन्द्रले नयाँ राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरे पुष्पकमल दाहाल प्रचण्डलाई पूरै कार्यकालसम्म प्रधानमन्त्रीमा टिकाउन ग्यारेन्टी लिइने प्रवक्ता डा. प्रकाशशरण महतले दाबी गरेका छन्।

शुक्रबार प्रवक्ता महतले नेकपा माओवादीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गरे पूरै पाँच वर्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने संकेत गरेका हुन्।

प्रवक्ता महतले महतले संविधान रक्षाका लागि कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले राष्ट्रपतिमा उसको सहयोग रहने अपेक्षा गरिएको बताए। राष्ट्रपति पदमा राष्ट्रिय सहमति कायम गर्ने हो भने कांग्रेसले अगाडि सारेको विकल्प फलदायी रहेको उनको दाबी छ। 

एमाले राष्ट्रिय सहमतिका लागि बाधक भएकाले संविधानलाई बचाइराख्न पनि कांग्रेसले उठाएको उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गर्नुपर्ने अडान पार्टीको रहेको उनको भनाइ छ। 

प्रवक्ता महतले भने, ‘हामीले राष्ट्रपतिमा उठाएको उम्मेदवारलाई माओवादीले समर्थन गरे कांग्रेसले पनि प्रधानमन्त्रीमा प्रचण्डलार्ई पूर्णकालका लागि निरन्तरता दिन पहल गर्नेछ।’

प्रकाशित: Feb 17, 2023| 15:01 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...