बुधबार, असार १८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • हरेक नेपालीलाई उद्यमशीलतासहितको रोजगारीको ग्यारेन्टी गरौँ : कांग्रेस नेता महर

हरेक नेपालीलाई उद्यमशीलतासहितको रोजगारीको ग्यारेन्टी गरौँ : कांग्रेस नेता महर

राष्ट्रिय उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले हरेक नेपालीलाई उद्यमशीलतासहित रोजगारीको ग्यारेन्टी हुनुपर्ने बताएका छन्।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं- राष्ट्रिय उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले हरेक नेपालीलाई उद्यमशीलतासहित रोजगारीको ग्यारेन्टी हुनुपर्ने बताएका छन्। उनले मुलुकको विकासका लागि नागरिकलाई उद्यमशील बनाउनु नै राज्यको पहिलो दायित्व हुने धारणा राखे।

स्पेसिफिक विषय लिएर समाजमा विकासका मोडेलहरू स्थापित हुँदै जानेक्रम चलिरहेको बताउँदै उनले त्यसमा नेपाल पनि सफल हुनुपर्ने बताए। 'स्थानीय स्तरबाट विश्वव्यापी गर्ने, विश्वव्यापी स्तरबाट लोकलमा ल्याउने विचार प्रतिपादित छन्। र, दुवै विचार सफल प्रमाणित गर्न खोजिरहेका छन्। यस्तो अवस्थामा पछाडि पारिएको वर्गलाई उद्यमशीलताको मूल प्रवाहमा ल्याउनुपर्छ,' उनले भने। उनले जनताको अधिकारको सुनिश्चितताका लागि मुलुकको अर्थतन्त्र बलियो हुनुपर्ने र त्यो उद्यमशीलताबाटमात्रै सम्भव भएको धारणा बताए।

उद्यमशीलताका लागि सरकारले कस्तो नीति अवलम्बन गर्ने भन्ने विषयमा सरकार प्रस्ट नभएको उनको गुनासो छ। उनले संसदमा पनि यो विषयले प्रवेश पाउनुपर्ने महरको ठहर छ। 'मैले त राजनीति गर्दा नि:शुल्क स्वास्थ्य र शिक्षासँगै व्यवस्थित, सर्वसुलभ यातायात, सञ्चार र उद्यमशीलतासहितको रोजगार नै भन्ने गरेको छु,' उनले भने। जनताको सरकार जनताको अधिकार भन्ने नाराका साथ नै आफू हिँडिरहेको महरले प्रस्ट पारे।

आफू नेविसंघको अध्यक्ष हुँदा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिने प्रबन्ध गर्न गर्नुपर्छ भनेर आवाज उठाएको बताए। अहिले कार्यान्वयन नभए पनि यो माग सम्बोधनको चरणमा रहेको बताए। नीतिको अभावले पनि यो विषय प्रक्रियागत रूपमा जान नसकेको बताए।

'सामाजिक उद्यमशीलता र एनजिओ फेड्रेसनका कुरा गर्दा कहिलेकाहीँ हामी वर्गीय नाफामा कुरा गर्छौं। तर, ड्युटीका कुराबाट भाग्छौं। अधिकार सबै चाहियो भन्ने गर्छौं,' उनले भने। 

प्रकाशित: Feb 17, 2023| 13:30 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...