बुधबार, असार १८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सत्तामोहले सिद्धान्त लोप भएपछि नेता‍‍-कार्यकर्तालाई पढाइँदै माओवाद

सत्तामोहले सिद्धान्त लोप भएपछि नेता‍‍-कार्यकर्तालाई पढाइँदै माओवाद

नेकपा माओवादी केन्द्रले माओवादी सिद्धान्त सत्तालिप्सामा टाँसिएपछि नेता, कार्यकर्ता पलायन रोक्न माओ दर्शनशास्त्र, राजनीति, अर्थशास्त्र, साम्यवादलगायत विषय समेटेर प्रशिक्षण चलाउने भएको हो।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रले पछिल्लो समय माओ विचारधारा विसर्जन हुन थालेपछि त्यसलाई अड्याइराख्न  नेता, कार्यकर्ता लक्षित चार तहको पाठ्यक्रम उत्पादन गरी प्रशिक्षण दिने भएको छ।

माओवादी सिद्धान्त सत्ता लिप्सामा टाँसिएपछि नेता, कार्यकर्ता पलायन रोक्न नेकपा माओवादी केन्द्रले पार्टीको क्रान्तिकारी रुपान्तरण, विचारधारात्मक स्पष्टता, एकरुपता र स्तरवृद्धिका लागि चार तहको पाठ्यक्रम बनाएर प्रशिक्षण चलाउने भएको हो।

नेकपा माओवादीका अनुसार नेता, कार्यकर्तालाई माध्यमिक तहको पाठ्यक्रमअनुसार देशभर प्रदेश स्तरमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ। पार्टीको स्कुल विभाग प्रमुख तथा उपमहासचिव गिरिराजमणि पोखरेलको अध्यक्षतामा केही दिनअघि बसेको बैठकले चार तहको पाठ्यक्रम लागू गर्ने निष्कर्षमा पुगेको हो। 

प्रशिक्षणमा प्रत्येक पालिकाबाट १ जना, प्रत्येक जिल्लाबाट ५ जना र प्रदेश स्कुल विभागबाट सबै जनाको अनिवार्य उपस्थिति हुनुपर्ने उर्दी माओवादीले जारी गरेको छ। प्रशिक्षणमा सहभागी नेता, कार्यकर्तालाई पाठ्यक्रम र कक्षासम्बन्धी व्यवस्था केन्द्रीय स्कुल विभागले गर्नेछ। 

माओवादीले पार्टीलाई बचाइराख्न सबै प्रदेशका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम तय गरेको छ। माओवादीले प्रदेश १ मा १४, १५ र १६ फागुन, गण्डकी प्रदेशमा १९, २० र २१ फागुनमा नेता, कार्यकर्तालाई प्रशिक्षण दिनेछ। 

यस्तै, लुम्बिनी प्रदेशमा २४, २५ र २६, फागुन, कर्णाली प्रदेशमा २९, ३० फागुन र १ चैतमा प्रशिक्षण दिइनेछ। सुदूरपश्चिम प्रदेशमा ४, ५ र ६ चैत, मधेस प्रदेशमा ९, १० र ११ चैत, बागमती प्रदेशमा १४, १५ र १६ चैत, उपत्यका विशेष प्रदेशमा १७, १८ र १९ चैत, सम्पर्क समन्वय प्रदेश समितिमा २०, २१ र २२ चैत अनि प्रवास समन्वय प्रदेशमा २३ चैतदेखि प्रत्येक दिन २ घन्टा एक सातासम्म प्रशिक्षण दिइने बताइएको छ।

माओवादीले आधारभूत तह, माध्यामिक तह र उच्च तह रहने गरी पाठ्यक्रम तयार गरेको छ। स्कुल विभागले उत्पादन गर्ने पाठ्यक्रममा माओ दर्शनशास्त्र, राजनीति, अर्थशास्त्र, साम्यवादलगायत विषय समेटिनेछन्।

प्रकाशित: Feb 17, 2023| 12:32 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...