बुधबार, असार १८, २०८२

सांसद चौधरीलाई प्रजातन्त्र दिवसमा माफी दिँदै सरकार

अदालतले ८ लाख १९ हजार बिगो तिराउने गरी चौधरीको नाममा फैसला गरेकोमा त्यो रकम पनि माफी गर्न सकिने वा नसकिने राय सरकारले महान्यायाधिवक्ताको कार्यालयसँग माग गरेको छ।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई माफी दिने गरी सरकारले प्रक्रिया अघि बढाएको छ। गृह मन्त्रालयले महान्याधिवक्ताको कार्यालयमा सजाय माफी मिनाहाका लागि पत्र लेखेको छ।

पत्रमा २०७९ फागुन ७ गते प्रजातन्त्र दिवसको दिन चौधरीलाई माफी मिनाहाका लागि निवेदन सरकारले गरेको हो। यसका लागि फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ को उपदफा (५) बमोजिम उक्त मुद्दाहरूको सजाय/फैसला अदालतबाट अन्तिम किनारा भएको वा नभएको यकिन गरी पठाउन महान्यायाधीवक्ताको कार्यालयसँग सरकारले आग्रह गरेको छ। 

अदालतले ८ लाख १९ हजार बिगो तिराउने गरी चौधरीको नाममा फैसला गरेकोमा त्यो रकम पनि माफी गर्न सकिने वा नसकिने राय सरकारले महान्यायाधिवक्ताको कार्यालयसँग माग गरेको छ।

चौधरीविरुद्ध लम्कीचुहाका महादेव बजगाईंले आफ्नो ट्याक्टर जलाएको भन्दै उजुरी दिएका थिए। चौधरीले २०६६ भदौ ३ गते आफ्नो नाममा रहेको लु २ त २११ नम्बरको ट्याक्टरमा आगो लगाई त्यसबाट ८ लाख ७५ हजार रुपैयाँ क्षति भएको भन्दै कारवाहीका लागि उनले उजुरी दिएका थिए।

सोही मुद्दामा २०७० सालमा जिल्ला अदालत कैलालीले उनीसहित ३ जनालाई ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो। तीनजना आरोपितहरु नै प्रहरीसमक्ष आत्मसमर्पण नगरी फरार भएकोमा उनी सांसद निर्वाचित भइसकेपछि प्रहरीले गत माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो। ६ महिनासम्मको कैद सजायमा जरिवाना तिरेर छुट्न सक्ने भए पनि चौधरी जरिवाना नतिरी अहिले थुनामै बसेका छन् भने उन्मुक्तिले चौधरीको रिहाइको माग गरिरहेको छ।

चौधरी पक्राउ परेपछि उनको पक्षमा माघ २२ गते  जिल्ला अदालत कैलालीको फैसला नै त्रुटिपूर्ण रहेको भन्दै फैसला बदरको माग गर्दै उत्प्रेषण परमादेशको लागि रिट दायर भएको थियो। उक्त रिटमा माघ २९ गते उच्च अदालत दिपायलले चौधरीलाई रिहा गर्न अन्तरिम आदेश दिन इन्कार गरेको थियो।

चौधरी अहिले निलम्बनमा परे पनि उनको मुद्दा गम्भीर प्रकृतिको नभएकाले थुनामुक्त भएकै दिनदेखि उनको निलम्बन फुकुवा हुनेछ।

प्रकाशित: Feb 17, 2023| 12:14 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...