बुधबार, असार १८, २०८२

अनेरास्ववियु अध्यक्षमा समिक बडाल निर्वाचित

नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं- नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन्।

बिहीबार मतदान भएकोमा बडाल निर्वाचित भएका हुन्। अनेरास्ववियुको पदाधिकारी र केन्द्रीय कमिटीमा सहमति हुन नसकेपछि मतदान भएको थियो।

गए राति मतगणना गरिएकोमा अध्यक्षमा अनेरास्ववियुका निवर्तमान महासचिव बडाल विजयी भएका छन्। बडालले अध्यक्षमा आरसी लामिछानेलाई पराजित गरेका छन्।

उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन्।

महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्। सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी, आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।

यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन्। अधिवेशनमा एक हजार पाँच सय १७ जनाले मतदान गरेका थिए। मतपरिणाम औपचारिक रूपमा घोषणा गर्न बाँकी छ।

प्रकाशित: Feb 17, 2023| 07:10 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...