बिहीबार, असार १९, २०८२

'हाम्रो कारणले सत्ता समीकरण बदलिने परिस्थिति आउँदैन'

सुदूरपश्चिम जानेक्रममा सुर्खेत आएका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सत्ता समीकरण परिवर्तनको कुरा तत्काल असम्भव भएको बताए।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

सुर्खेत- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले तत्कालै सत्ता समीकरण परिवर्तन नहुने बताएका छन्।

सुदूरपश्चिम जानेक्रममा सुर्खेत आएका उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री श्रेष्ठले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सत्ता समीकरण परिवर्तनको कुरा तत्काल असम्भव भएको बताए।

उनले सत्तामा भएका अरू दलहरूको आचरणका कारण समीकरणमा केही समस्या आउन सक्ने बताए।

‘तत्काल हाम्रो कारणले समीकरण बदलिने परिस्थित आउँदैन,’ श्रेष्ठले भने, ‘बाहिर आएजस्तो कसैले चाहेर गठबन्धन तोडिने कुरा हुँदै, हाम्रो कारणले सत्ता समीकरण बदलिने परिस्थित भने आउँदैन।’

राष्ट्रपति चयनका विषयमा भने उनले यसअघि दलहरूले सरकारको नेतृत्व गर्न माओवादीलाई गरेको विश्वासको आधारमा अघि बढ्नुपर्ने बताए।

उनले भने, ‘संसदमा हामीले विश्वासको मत लिँदा ९९ प्रतिशत विश्वासको मत आएको छ, यो ऐतिहासिक थियो, अब राष्ट्रपति चयनमा पनि त्यो परिस्थितिलाई आत्मसात् गर्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा हो।’

उनले रेशम चौधरीको मुद्दा राजनीतिक रूपमै सम्बोधन गर्ने माओवादीको मनसाय भए पनि कानुनी कुराले नमिलेको बताएका छन्। मुद्दा सरकारलाई समर्थन गर्ने लगायतका विषयमा नागरिक उन्मुक्त पार्टीसँग वार्ता भइरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए।


प्रकाशित: Feb 16, 2023| 20:36 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...