बुधबार, असार १८, २०८२

कांग्रेसको ढोक्सामा माछा पर्ने सम्भावना, धरमरमा गठबन्धन

संसद्‍मा पहिलो दल भएर पनि प्रधानमन्त्रीकै लालचले सबैथोक गुमाएको कांग्रेसले राष्ट्रपतिमा ढोक्सा थापेको थियो। त्यसैबेला ओली सशंकित बनी उक्त अभिव्यक्ति दिएका थिए। यतिबेला कांग्रेसले साँच्चै ढोक्सा थापेको छ भने माओवादी त्यो ढोक्सामा माछा पार्नेगरी पानी बगाउन तल्लीन देखिएको छ।
 |  बिहीबार, फागुन ४, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन ४, २०७९

काठमाडौं- ‘यदि यो समर्थन कुनै जाल होइन, कुनै ढोक्सा होइन भने यो स्वागतयोग्य छ। ढोक्सा हो भने म भन्न चाहन्छु- माछा नभएको खोलामा जाल फ्याँकेजस्तै हुनेछ। भोलिका निम्ति अरु खालका कुरा सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ। त्यस पानीबाट त्यो ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन।’

राजनीतिमा चलनचल्तीमा लोप हुनै लागेका विभिन्न शब्द स्थापित गराइदिन सक्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको यो टिप्पणीपछि अहिले नेपाली राजनीति 'ढोक्सा'को वरिपरि घुमिरहेको छ। सरकार र प्रतिपक्षी दलमा मुख्य विषयका रुपमा प्रवेश गरेको छ राष्ट्रपति निर्वाचन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा प्रचण्डलाई प्रधानमन्त्री बनाउन इन्कार गरेको कांग्रेसले पनि विश्वासको मत दिँदै थियो। संसद्‍मा पहिलो दल भएर पनि प्रधानमन्त्रीकै लालचले सबैथोक गुमाएको कांग्रेसले राष्ट्रपतिमा ढोक्सा थापेको थियो। त्यसैबेला ओली सश‌ंकित बनी उक्त अभिव्यक्ति दिएका थिए। यतिबेला कांग्रेसले साँच्चै ढोक्सा थापेको छ भने माओवादी त्यो ढोक्सामा माछा पार्नेगरी पानी बगाउन तल्लीन देखिएको छ।

ओली-प्रचण्ड सहकार्यपछि बनेको नेकपा संसद् विघटनपछि फुटेको थियो। त्यसपछि कांग्रेसको सहारामा पुगेका प्रचण्ड कांग्रेसकै सहारामा जसरी पनि प्रधानमन्त्री बन्न चाहन्थे। तर त्यो चाहना पूरा नभएपछि गत पुस १० गते नयाँ गठबन्धन बनेको थियो। एमालेसहित ७ दल र ३ स्वतन्त्र सांसदको समर्थनमा उनी प्रधानमन्त्री बने। तर त्यसयता ओलीले निरन्तर प्रचण्डलाई दबाबमा राख्न खोजेको माओवादी र अन्य दलको निष्कर्ष छ। विगतमा एमालेबाट राष्ट्रपति बनेकी विद्यादेवी भण्डारीले एमालेकै मात्र आदेश शिरोपर गरेको विश्वास गर्ने माओवादी र कांग्रेससहितका दल अब पुन: एमालेबाट राष्ट्रपति बनाउने पक्षमा देखिन्नन्।

प्रधानमन्त्री बनेको दोस्रो दिन नै प्रचण्डले नयाँ गठबन्धन लामो समय नजाने संकेत गरेका थिए। पुस ११ गते पार्टीको स्थायी कमिटी बैठकमा उनले एमालेले रास्वपा र राप्रपासँग मिलेर अप्ठ्यारोमा पार्न सक्ने ब्रिफ्रिङ गरेका थिए। 

ओली-प्रचण्ड सहकार्यपछि बनेको नेकपा संसद् विघटनपछि फुटेको थियो। त्यसपछि कांग्रेसको सहारामा पुगेका प्रचण्ड कांग्रेसकै सहारामा जसरी पनि प्रधानमन्त्री बन्न चाहन्थे। तर त्यो चाहना पूरा नभएपछि गत पुस १० गते नयाँ गठबन्धन बनेको थियो।

कांग्रेसले विश्वासको मत दिएपछि नै तर्सिएका ओली यसबीचमा बारम्बार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका छन्। कहिले डिनर भोजमा प्रचण्डलाई डाक्ने गरेका छन् त कहिले प्रचण्ड स्वयं बालकोट पुगेर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताउने गरेका छन्। यसबीचमा प्राय: दिनहुँजसो दुई नेताबीच भेटघाट भइरहेको छ।

तथापि, राष्ट्रपतिमा सहमति जुट्न सकेको छैन।ओलीले राष्ट्रपति एमालेले पाउनुपर्ने पूर्वसहमति भएको भन्दै आफ्नो उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिएका छन्। प्रचण्ड राष्ट्रपति र सभामुख दुवै लिएर ओलीले जुनसुकै बेला अप्ठ्यारोमा पार्न सक्ने शंकाका साथ झस्किएका छन्। जसकारण उनी कांग्रेससँग पनि छलफलमा छन्। 

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्ड।
प्रचण्डले राष्ट्रपतिकै विषयमा स्थायी कमिटी बैठकमा नेताहरूको राय मागेका थिए। माघ १४ र १५ गतेको उक्त बैठकमा अधिकांश स्थायी कमिटी सदस्यले एमालेलाई राष्ट्रपति दिन नहुने बताएका थिए। त्यसपछि प्रधानमन्त्री राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्नुपर्ने पक्षमा बलियोसाथ उभिएका छन्। जसअनुसार गठबन्धन टुटे पनि त्यसलाई व्यवस्थापन गर्न सकिने मनस्थितिमा उनी पुगिसकेका छन्। 'हामी गठबन्धन तोड्ने पक्षमा छैनौं, तर राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ भन्ने हाम्रो लाइन हो,' माओवादीका एक नेताले भने, 'विगतमा सिकेको पाठले पनि सभामुख र राष्ट्रपति दुवै एमालेलाई दिए गम्भीर घात हुन सक्नेमा बेलैमा सचेत हुनुपर्छ भन्ने कुरा उठेको छ।' अहिलेको परिवेशमा गठबन्धनभन्दा ठूलो राष्ट्रपति चयनबारे सचेत निर्णय बढी महत्वपूर्ण भएको उनको भनाइ थियो।

प्रचण्ड निकट उच्च स्रोतले कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने लगभग सहमति पार्टीमा जुटिसकेको बताएको छ। स्रोतअनुसार कांग्रेसको उम्मेदवारमा माओवादीले स्वीकार गर्न सक्ने व्यक्तिलाई मतदान गर्नेगरी सहमति भएको छ। 'आगामी साताभित्र हामी राष्ट्रपतिमा कसलाई मतदान गर्ने आधिकारिक निर्णय गर्छौं, अहिलेसम्मको सहमतिअनुसार कांग्रेसलाई समर्थन गर्न सकिने कुरा छ,' स्रोतले भन्यो। यद्यपि, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको सम्भावना पनि टरिनसकेको संकेत उनले गरे। 

राष्ट्रपतिमा सहमति जुट्न सकेको छैन।ओलीले राष्ट्रपति एमालेले पाउनुपर्ने पूर्वसहमति भएको भन्दै आफ्नो उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने अडान लिएका छन्। प्रचण्ड राष्ट्रपति र सभामुख दुवै लिएर ओलीले जुनसुकै बेला अप्ठ्यारोमा पार्न सक्ने शंकाका साथ झस्किएका छन्। जसकारण उनी कांग्रेससँग पनि छलफलमा छन्। 

यता एमाले अध्यक्ष ओली पनि माओवादीले धोका दिनेमा लगभग ढुक्कजस्तै छन्। अन्तिमसम्ममा केही चमत्कार हुन्छ कि भनेर दौडधूप बढाएको भए पनि उनले गठबन्धन टुट्न सक्ने संकेत गरेका छन्। गत फागुन २ गते अनेरास्ववियुको २३औं महाधिवेशन उद्घाटन कार्यक्रममा उनले भनेका थिए, 'पाँचदलीय गठबन्धन तोडेर अर्को सरकार बनाएका छौं। यो सफलताको कुरा हो। यो स्थिति फेरिन पनि सक्छ। स्थिरता, स्थायित्व हुन नदिने प्रयास भइरहेको छ।'

माओवादी हालसम्म एमालेलाई राष्ट्रपति नदिने पक्षमा रहँदा एमालेले त्यो परिस्थिति बदल्न हरसम्भव प्रयास गरिरहेको छ। यता, कांग्रेस भने आफ्नो उम्मेदवार राष्ट्रपति बन्नेमा थप बढी विश्वस्त हुँदै गएको देखिन्छ। एमालेलाई रास्वपा र राप्रपाको साथ रहँदा यता अन्य दलहरू पनि एमालेको उम्मेदवारलाई राष्ट्रपति बनाउन नहुने पक्षमा देखिएका छन्।

वर्तमान सत्ता गठबन्धनका शीर्ष नेताहरु।
प्रचण्डको आग्रहमा समेत सरकारमा सहभागी नभएको नेकपा एस कांग्रेसको नजिक छ। यता जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रचण्डलाई आफ्नो गुरु मान्ने गरेको सार्वजनिक अभिव्यक्ति दिएका छन् भने एमालेले दबाबमा राख्न खोजेको बताएका छन्। 

नागरिक उन्मुक्ति पार्टीले उता सुदूरपश्चिममा एमालेका राजेन्द्र रावललाई विश्वासको मत नदिई मुख्यमन्त्रीबाट ओरालिदिएको छ। यस हिसाबले एमालेबाहिर राष्ट्रपतिको मत बलियो हुँदै गएको देखिन्छ।

कांग्रेस सांसद प्रदीप पौडेलले फागुन ३ गते संसद्‍मा बोल्दै राष्ट्रको अभिभावक र संविधानको रक्षा गर्न सक्ने राष्ट्रपति मुलुकलाई चाहिएको भन्दै यसका लागि राष्ट्रपति निर्वाचनमा कांग्रेसले ढोक्सा थाप्ने बताएका थिए। त्यसको २ दिनअघि तिलोत्तमामा आयोजित अगुवा भेलालाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री गगनकुमार थापाले १० दिनभित्र अर्थात् फागुन १० गतेभित्र गठबन्धन भत्किने दाबी गर्दै राष्ट्रपति कांग्रेसको उम्मेदवार बन्ने दाबी गरेका थिए। हुन पनि माओवादी स्रोतका अनुसार १० गतेभित्र माओवादीले राष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने निर्णय गर्दैछ। निर्णयअघि नै माओवादीले कांग्रेसको उम्मेदवारलाई मत दिने सहमति गरिसकेको छ।

प्रचण्डको आग्रहमा समेत सरकारमा सहभागी नभएको नेकपा एस कांग्रेसको नजिक छ। यता जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रचण्डलाई आफ्नो गुरु मान्ने गरेको सार्वजनिक अभिव्यक्ति दिएका छन् भने एमालेले दबाबमा राख्न खोजेको बताएका छन्। 

राष्ट्रपतिबारे कांग्रेसले ढुक्कसाथ अभिव्यक्ति दिन थालेपछि आज बिहीबार समेत ओली प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। भेटमा प्रचण्डले राष्ट्रिय सहमति आवश्यक भएको अभिव्यक्ति दोहोर्‍याएको बालुवाटार स्रोतले जनाएको छ। 

राष्ट्रपतिमा एमाले र माओवादीबीच सहमति जुट्न नसकेपछि यसले गठबन्धन धरमरमा पर्न सक्ने सम्भावना पनि बढेको छ। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी फागुन २३ गते पदमुक्त हुन लागेकोमा २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ। फागुन २५ र चैत ३ मा हुने राष्ट्रपति र उपराष्ट्रपतिका दुवै निर्वाचनमा संघीय सांसद र प्रदेश सांसदले मत दिनेछन्। निर्वाचनमा निर्विरोध हुने अवस्था नआएमा बहुमतका आधारमा राष्ट्रपति र उपराष्ट्रपति चुनिने छन्। कसैको पनि ५० प्रतिशतभन्दा बढी मत नकटेमा भने बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान हुनेछ। 

प्रकाशित: Feb 16, 2023| 18:24 बिहीबार, फागुन ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...