काठमाडौं– नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारत भ्रमणमा निस्किएका छन्। बिहीबार भाकपा (माक्र्सवादी लेनिनवादी) लिबरेसन पार्टीको ११औं अखिल भारतीय महाधिवेशनमा सहभागी हुन पूर्वप्रधानमन्त्री नेता खनाल भारत गएका हुन्।
भारतको पटनामा हुने महाधिवेशनमा नेता खनालले भारतीय कम्युनिस्ट, वामपन्थी र समाजवादीका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको झलनाथको सचिवालयले जनाएको छ।
पार्टीका विदेश विभाग प्रमुखसमेत रहेका नेता खनाल नेतृत्वको भ्रमण प्रतिनिधिमण्डलमा उपाध्यक्ष प्रमेश हमाल, खनालपत्नी रविलक्ष्मी चित्रकार र पार्टी विदेश विभाग सचिव डा. शंकर खतिवडा रहेका छन्। प्रतिनिधिमण्डल दुई दिनसम्म भारतमा रहनेछ।